logo

बल्ल धितोपत्र बोर्डले नेतृत्व पायो,अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

    699   पटक पढिएको



११ मंसिर/अर्थ र व्यापार – झन्डै एकवर्षको प्रतिक्षापछि बल्ल पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन । लामो समयदेखि रित्त रहेको धितोपत्र बोर्ड अध्यक्षमा बल्ल सरकारले श्रेष्ठलाई नियुक्ति गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । यसअघि भएका धेरै पटकको छनोट प्रक्रिया र चौतर्फी आवाज उठेपछि सरकारले छनोट प्रक्रियाकालागि अन्तिम सर्टलिस्टमा नाम सिफारिस भएका उम्मेदवारहरु मध्येबाट बोर्ड अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
गत २० पुसमा तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै नियामक निकाय धितोपत्र बोर्ड अध्यक्ष बिहिन अवस्थामा थियो । गत आइतबार अर्थमन्त्रालयमा सम्पन्न कार्ययोजना प्रस्तुतीपछि अन्तिम प्रतिस्पर्धा रहेका बोर्डका कार्यकारी निर्देशक द्दोय मुक्ति श्रेष्ठ, डा.नवराज अधिकारीलाई पछाडी पार्दै नवनियुक्त श्रेष्ठ नयाँ बोर्ड अध्यक्ष हुन सफल भएका हुन् ।
नवनियुक्त बोर्ड अध्यक्ष श्रेष्ठ २०३३ सालमा स्याङ्गजाको भिरकोटमा जन्मिएका हुन् । काठमाडौं विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नकालागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले अन्तिम प्रतिस्पर्धामा रहेका तीनजना प्रतिस्पर्धीको नाम अर्थ मन्त्रालयमा सिफारिस गरि पठाएको थियो ।
सो प्रतिस्पर्धामा बोर्डका कार्यकारी निर्देशक द्दोय अधिकारी, मुक्ति श्रेष्ठ र नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम समावेश थियो ।

अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले बोर्ड अध्यक्षकालागि सर्टलिस्टमा परेका ५ जनामध्ये ४ जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सकेर ३ जनाको नाम सिफारिस गरि मन्त्रिपरिसद्मा पठाएको थियो । सो समितिले अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशकद्वय अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा नवनियुक्त अध्यक्ष श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
अन्तिम प्रतिस्पर्धामा रहेका ३ जना प्रतिस्पर्धीमध्ये सन्तोषनारायण श्रेष्ठलाई सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । नवनियुक्त बोर्ड अध्यक्ष श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक पनि हुन् । उनी तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा थिए । त्यसैगरी, उनी यसअघि स्वाभिमान लघुवित्तको अध्यक्षसमेत भएका थिए ।
सोही अन्तर्वार्तामा सहभागी भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की भने सिफारिसमा पर्न सकेनन् । तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ अन्तर्वार्तामा नै सहभागी भएका थिएनन् ।
यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई गत १८ असोजमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि सो अन्तर्वार्ता रोकिएको थियो ।
त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत २५ चैतमा १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा अधिकारी, कार्की र चापागाइँसहित सहभागी थिए ।
त्यसपछि समितिले गत २ असारमा ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिएका थिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ सो बेला उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि गत ५ असारमा अर्को अन्तर्वार्ताका लागि बोलाएको थियो । सो समय पनि उनीहरु गएका थिएनन् ।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी तथा अहिले बोर्ड अध्यक्ष नियुक्त भएका सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हाल सो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ ।
त्यसपछि पनि अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको थियो । दुवैपटक महान्यायाधिवक्ताको कार्यालयले पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।
गत २० पुसमा हमाल बोर्ड अध्यक्षबाट बाहिरिएपछि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त प्रक्रिया अघि बढाईएको थियो । सोहीबेला देखि अहिलेसम्म धितोपत्र बोर्डको नेतृत्व अर्थ मन्त्रालयका सह सचिवहरुले सम्हाल्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।