logo

लयमा फर्किंदै सेयर बजार , १५.८३ अंकले बढ्यो नेप्से

    716   पटक पढिएको

 

१० मंसिर/अर्थ र व्यापार – यो साताको सोमबार सेयर बजारको परिसूचक नेप्से १५ दशमलब ८३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६ सय ८३ दशमलब २४ विन्दुमा आइपुगेको छ । सेयर बजार बढेपनि यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन जम्मा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन कुल १ सय ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटाको घटेको छ । ९ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो ।
सोमबार सबैभन्दा धेरै फाइनान्स उप समूहको सेयर मुल्य सूचक २.२७ प्रतिशतले बढ्यो । बेस्ट फाइनान्स र सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ९.९ प्रतिशतले बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, स्वाभिमान लघुवित्तको ९.७, सप्तकोशी विकास बैंकको ९.६, विन्ध्यबासिनी हाइड्रोपावरको ८.५, एनएलजी इन्स्योरेन्सको ७.४, थ्रीस्टार हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्यो । यसदिन सामुदायिक लघुवित्तिय संस्थाको सेयर मुल्यमा सर्किट लागेको थियो ।
यसैगरी, बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, हाइड्रोपावर ०.४४, लगानी १.०५, जीवन बीमा ०.२३, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा १.२७, अन्य १.६८ र व्यापार समूह ०.०९ प्रतिशत बढेको छ । यसदिन उत्पादन उप समूहको सेयर मुल्य ०.२३ प्रतिशतले घटेको छ ।
ङादी ग्रुप पावरको १० प्रतिशत मूल्य घट्यो । जानकी फाइनान्सको ३.४ तथा मध्यभोटेकोशीको २.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, बेस्ट फाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।