logo

सेयर बजार घटेर २६६७ अंकमा, कारोबार रकम पनि घट्यो

    410   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेर २६ सय ६७ दशमलब ४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३ दशमलब ०३ अंकले घटेर २६ सय ६७ दशमलब ४० विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन जम्मा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार कुल ५५ कम्पनीको मूल्य बढ्दा १ सय ८१ वटा कम्पनीको सयेर मुल्य घट्यो ८ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन दुईवटा उपसमूह लगानी र उत्पादन उपसमुह बाहेक सबै सूचक घटेको छ ।
बैंकिङ उपसमुह ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।
यसदिन सबैभन्दा धेरै माहुली लघुवित्तको ६.३ प्रतिशतले सेयर मुल्य घटेको छ । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत , नेपाल फाइनान्सको ५.३४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन लगानी उपसमुहको ०.०८ प्रतिशत र उत्पादन उपसमूहको ०.६८ प्रतिशतले सेयर मुल्य बढेको छ । आइतबार थ्रीस्टार हाइड्रोपावरको ९ दशमलब ९१ प्रतिशतले मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८ प्रतिशत, जानकी फाइनान्सको ८.०७ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१ प्रतिशत, सामुदायिक लघुवित्तको ६.६ प्रतिशत, बेस्ट फाइनान्सको ६.१० प्रतिशत र सान्जेन जलविद्युतको ३.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, बेस्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।