logo

एक वर्षदेखि सार्वजनिक निष्काशन ठप्प हुँदा झन्डै ४४ अर्ब रुपैयाँबढीको आईपीओ पाईपलाईनमा

    436   पटक पढिएको

 ७ मंसिर/अर्थ र व्यापार – विभिन्न कारण तथा बहानाबाजीले सबै प्रक्रिया पुरा भएरपनि एक वर्षदेखि सार्वजनिक निष्काशन (आईपीओ) ठप्प हुँदा ७७ वटा कम्पनी निष्काशन अनुमतिको पखाईमा रहेका छन् । नेपाल धितोपत्र बोर्डले करिब एक वर्ष यतादेखि आईपीओ निष्काशनको अनुमति नदिदाँ ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार रुपैयाँ बढीको आईपीओ निष्काशन ठप्प रहेको छ । पछिल्लो ९ महिना यतादेखि सार्वजनिक निष्काशनको सुचना समेत गोप्य राख्दै आएको धितोपत्र बोडले बुधबार पाईपलाईनमा रहेका कम्पनीको सुचना आप्mनो वेबसाईडमा राखेको छ ।

जस अनुसार पछिल्लो ९ महिनामै ४२ कम्पनी थपिएका छन् आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोड पुगेका छन् । गत २० फागुनसम्ममा यस्ता कम्पनीको संख्या ३५ रहेको थियो । यीसहित अब आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ७७ पुगेको छ । विभिन्न समयमा आवेदन दिएका कम्पनीको सूची बोर्डले एकैपटक सार्वजनिक गरेको हो ।गत २० पुस २०८० मा अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले खुला आवेदन माग गरेको थियो । तर, एक वर्ष पुग्न लाग्दा पनि बोर्ड अध्यक्ष्यको टुंगो लाग्न सकेको छैन । बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेका ३ जना आवेदकलाई पटक पटक अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरू उपस्थित नहुँदा स्थगित हुँदै आएको थियो । गत २९ कात्तिकमा सेबोनमा उनीहरूको अन्तर्वार्ता भएको थियो । कृष्ण बहादुर कार्की, चिरञ्चिवी चापागाई र डा. नवराज अधिकारी छनोट सूचीमा परेका थिए ।

अर्थमन्त्रालयले उनीहरुलाई आगामी मंसिर ९ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाएको छ । बोर्डमा यसअघि अध्यक्ष भएर अर्थ मन्त्रालयबाट गएका नरेन्द्र रानाले प्रिमियमा सेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिएका थिए । कारणबस उक्त आईपीओ विवादमा पर्यो । त्यसपछि बोर्डका अर्का कार्यकारी अध्यध्य महेश बरालले अन्य कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएका छैनन् ।करिब एक वर्षसम्म आईपीओ निष्काशनको अनुमति नपाउदा कम्पनीहरुलाई पुँजी जुटाउनै मुस्किल परेको छ ।

आईपीओ निष्काशनमा जान चाहाने अधिकांस कम्पनीमा जलविद्युत क्षेत्र रहेको छ । जसमा यो क्षेत्रका ३७ कम्पनीले आईपीओ निष्कासनका लागि स्वीकृति मागेका छन् । त्यस्तै होटल तथा पर्यटन सेक्टरका ५ कम्पनी, लगानी सेक्टरका २, उत्पादन तथा प्रशोधन सेक्टरका १३, माइक्रोफाइनान्स १, माइक्रोइन्स्योरेन्स ४, अन्य सेक्टरका १५ कम्पनीले आईपीओ निष्कासनको लागि स्वीकृति माग गरेको बोर्डले जनाएको छ ।

कुल ४४ अर्ब ७५ करोड ७६ लाख ३१५ रुपैयाँ बराबरको कुल ३१ करोड ७८ लाख ९३ हजार ३५६६ कित्ता सेयर निष्कासन हुने छन् । यीमध्ये अधिकांश कम्पनीले अंकित मूल्य १ सय नै प्रस्ताव गरिएको छ । तर केहीले ५० र केहीले अंकित मूल्य १०० मा थप प्रिमियममा सेयर निष्कासनका लागि प्रस्ताव गरेका छन् ।जगदम्बा स्टिलले ३००, सौर्य सिमेन्टले २६४ रुपैयाँ ५१ पैसा, रिद्धिसिद्धि सिमेन्टले २१४ रुपैयाँ १० पैसा, ह्याम्स हस्पिटलले २८८ रुपैयाँ, नेपाल ब्रोडकास्टिङ च्यानलले ५० रुपैयाँ, कैलाश हेलिकप्टरले ३२७ रुपैयाँ, अकामा होटलले प्रतिकित्ता ५०, शिवम् होल्डिङ्सले २१० रुपैयाँ तथा छायादेशी कम्प्लेक्सले ४०० रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन् । अझै केही कम्पनीहरु धमाधम आइपिओकालागि आवस्यक प्रक्रिया अघिबढाउने क्रममा छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।