logo

३१.३१ अंकले घट्यो नेप्से, बजारका सबै सूचक राताम्य

    659   पटक पढिएको


६ मंसिर/अर्थ र व्यपार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१ दशमलब ३१ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २६ सय ८० विन्दुमा आइपुगेको छ ।
कारोबार रकम भने अघिल्लो दिनको भन्दा सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जम्मा ४३ वटा कम्पनीको मूल्य बढ्दा १ सय ९७ वटाको सेयर मुल्य घट्यो । ४वटाको स्थिर रह्यो ।

बिहीबार सबैभन्दा धेरै फाइनान्स समूहको उपसूचक २ दशमलब ८६ प्रतिशतले घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशतले घटेको ।

सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घट्यो । नारायणी विकास बैंकको ७.२६, सुपरमाइ हाइड्रोपावरको ७.१४, सपोर्ट माइक्रोफाइनान्सको ७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, रसुवागढी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी र कर्णाली विकास बैंक क्रमशः अगाडि रहेको छ ।
यसदिन दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । माहुली लघुवित्तको ६.११, धौलागिरि लघुवित्तको ५.४९ तथा रिभर फल्स पावरको ५.३३ प्रतिशतले सेयर मुल्य बढ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।