logo

९.०९ अंकले बढ्यो सेयर बजार

    442   पटक पढिएको


५ मंसिर/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से ९ दशमलब शूनय ९ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ११ दशमलब ७५ विन्दुमा आइपुगेको छ ।
यसदिन नेप्से बढ्दा पनि सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन मंगलबार १० अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन जम्मा ७ अर्ब ९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसदिन कुल १ सय ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ।
यसैगरी, ८९ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ११ वटाको स्थिर रहेको छ । यसदिन सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मुल्य ३ दशमलब ३८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स उपसमुहको १ दशमलब ६६ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.४५ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.२८ प्रतिशत , लगानी उपसमुहको ०.२० प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.०७ प्रतिशत र व्यापार उपसमुहको ०.२७ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढेको छ । जसमा कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
बुधबार बैंकिङ उपसमुहको सेयर मूल्य ०.२६ प्रतिशतले घट्यो । यसैगरी, जीवन बीमा उपसमुहको ०.१८ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.२१ प्रतिशत र अन्य समुहको सेयर मूल्य शून्य दशमलब ०७ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादन उपसमूहको सेयर मुल्य स्थिर रहेको छ ।
यसदिन गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनीको सेयर मुल्य क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।