logo

सामान्य अंकले बढ्यो सेयर बजार झन्डै पौने १२ अर्बको कारोबार

    416   पटक पढिएको


२ मंसिर/अर्थ र व्यापार – आइतबार सेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ४ दशमलब ९८ अंकले बढेर २७ सय ५३ दशमलब ७६ विन्दुमा आइपुगेको छ ।

अघिल्लो कारोबार दिनको भन्दा यसदिन कारोबार रकम बढेको छ । यसदिन ११ अर्ब ७२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ दशमलब ५ प्रतिशतले बढी हो । अघिल्लो करोबार दिन जम्मा १० अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कुल १ सय ४५ वटा कम्पनीको मूल्य बढ्दा ९२ वटाको घट्यो भने ६ वटाको स्थिर रह्यो । यसदिन होटल तथा पर्यटन उपसमुहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो उपसमुहमा सबैभन्दा धेरै २ दशमलब २१ प्रतिशतले बढेको छ ।
त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढेका छन् । उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो । नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशत बढ्यो ।
यसैगरी, यसदिन उत्पादन उपसमुहको १ दशमलब १३ प्रतिशतले सयेर मुल्य घट्यो । निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटेका छन । समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मकर जितुमाया सुरीको ८ र बेस्ट फाइनान्सको ५ प्रतिशत मूल्य घट्यो ।
यसैगरी, कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो र नेपाल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।