logo

१३.९५ अंकले बढ्यो सेयर बजार, १०अर्ब ३२ करोडको कारोबार

    408   पटक पढिएको


२९ कात्तिक/अर्थ र व्यापार – यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलब ९५ अंकले बढेको छ । यस अंकको वृद्धिसँगै नेप्से २७ सय ४८ बिन्दुमा आएको छ ।
अघिल्लो करोबार दिनको तुलनमा मंगलबार सेयर करोबार रकम पनि बढेको छ । यस दिन १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४ सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन बुधबार जम्मा ७ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका कुल ३ सय २१ वटा कम्पनीहरु मध्ये १ सय ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, ७९ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ६ वटाको स्थिर रह्यो ।
यस दिन हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै १ दशमलब ३४ प्रतिशतले बढ्यो । विकास बैंक उपसमुह १ दशमलब २१ प्रतिशत , बैंकिङ उपसमुह सुन्य दशमलब ४४ प्रतिशत , होटल तथा पर्यटन उपसमुह सुन्य दशमलब ९३ प्रतिशत , माइक्रोफाइनान्स उपसमुह सुन्य दशमलब ७७ प्रतिशत र अन्य समूहको सेयर मुल्य सुन्य दशमलब ६३ प्रतिशतले बढेका छन् ।
कारोबारमा आएका विभिन्न कम्पनीहरुमध्ये तीनवटा कम्पनीहरु गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । ङादी ग्रुपको ९.७९ प्रतिशत, माछापुच्छ्रे बैंकको ९ दशमलब ५६ प्रतिशत , धौलागिरि लघुवित्तको ८.७ प्रतिशतले मूल्य बढ्यो ।
यो दिन फाइनान्स उपसमुहको सुन्य दशमलब ०९ प्रतिशत , लगानी उपसमुहको सुन्य दशमलब ०३ प्रतिशत , जीवन बीमा ०.०३ प्रतिशत , उत्पादन ०.३ प्रतिशत , निर्जीवन बीमा ०.०८ प्रतिशत र व्यापार उपसमूहको ०.६२ प्रतिशतले सेयर मुल्य घटेका छन् ।
यसैगरी, रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहेका छन् । यस साताको मात्र नभएर मंसिर महिनाकै अन्तिम कारोबार दिन मंगलबार समग्रमा नेप्से परिसूचक उकालो लागेको छ ।
यसदिन कारोबारमा आएका फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्। यसदिन हाइड्रोपावर र विकास बैंकको सूचक सर्वाधिक वृद्धि भएको छ भने सर्वाधिक जानकी फाइनान्सको ३५ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।