logo

दुई स्टक ब्रोकर एशोसिएसनबीच भयो मर्जर सम्झौतापत्रमा हस्ताक्षर, व्यवसायी र लगानीकर्ताको हकहित संरक्षणमा एकिकृत भई कामगर्ने लक्ष्य

    346   पटक पढिएको

२८ कात्तिक/अर्थ र व्यापार – हाल सञ्चालमा रहेका दुईवटा ब्रोकर एशोसिएनहरु स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालबीच एकआपसमा गाभिएर मर्जर प्रक्रिया सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा बुधबारदेखि नै यि दुईवटा एसोसिएसन एकअर्कामा गाभिएर एउटै भएको घोषणा गर्दै दुईवटै एसोसिएसनका अध्यक्षहरुद्वारा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । अब यि दुइ संस्था एकआपसमा मर्जरभएसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट सञ्चालमा आउने भएको छ । आगामी दिनमा व्यवसायी र लगानीकर्ताको हक अधिकार संरक्षणमा एकिकृत भई कामगर्ने लक्ष्य लिईएको छ ।
धितोपत्र ब्रोकर एशोसिएशन नेपालका अध्यक्ष सागर ढकालले पछिल्लो समय मुलुकको सेयर बजारमा देखिएको विविध समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्दै यस क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउँदै बजारको विकास र विस्तार गर्नका लागि दुई संस्थाहरु एकभएर अघि बढ्नुपरेको जानकारी दिए ।
‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रविकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो ध्रुबीकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ ढकालले भने, ‘यसले पक्कै पनि देशको पूँजीबजारलाई र यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशा निर्देश गर्नेछ ।’ उनले यस ऐतिहासिक साझेदारीको अवसरले आफुहरुलाई अझै व्यवसायिकता अभिवृद्धि गर्दै यस क्षेत्रका हकहित संरक्षणमा एकिकृत भई कामगर्ने वातावरणको सिर्जना हुने अपेक्षा गरिएको बताए ।
उनले आगामी दिनमा संयुक्त रुपमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ताको हित संरक्षणका लागि एक ढिंक्का भएर अघि बढन् सबैले प्रतिवद्ध हुने सहमती गरेको बताए ।
यसअघि गरिएका आफुहरुको अनेक प्रयासले नै करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनको क्रममा रहेको जानकारी गराउँदै उनले सो ऐनलाई व्यवसाय र लगानी तथा व्यवसायी मैत्री बनाउन मर्जर पछि एकभएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।
वर्तमान अवस्थामा सञ्चालित पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि अझै धेरै सुधारात्मक काम आवश्यक भएको बताउँदै उनले यस किसिमका व्यवस्थाहरु समावेश गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
उनले यस्ता ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने भएपनि यतिलामो समयपछि बल्ल संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेकाले सरोकारवाला सबैलाई यो विषयमा आवश्यक छलफल गराई सो ऐनलाई अगाडि बढाउन आगामी दिनमा यस संस्थाले एकिकृत रुपमा आफुनो गतिविधी अगाडी बढाउनुपर्ने धारणा राखे ।
अझै धितोपत्र बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन नसकिएको र धितोपत्र व्यवसायीको मर्जर कार्यविधि बन्न नसकेको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायीले अस्पष्ट नीति र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्गको काम गर्न नसकिरहेको परिस्थितिबारे पनि जानकारी गराए ।
स्टक बोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई एकीकरण गरी सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको बृहत्तर हितका लागि साझा व्यावसायिक संघ निर्माण गर्न स्टक बोक्स एसोसिएसन अफ नेपालको तर्फबाट निवर्तमान अध्यक्ष सन्तोस मैनालीको संयोजकत्वमा कोषाध्यक्ष मदन पौडेल र सचिव सुयोग अधिकारी सम्मिलित तीनसदस्यीय समिति गठन भएको थियो ।
यसैगरी, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमनकुमार मल्ल तथा सदस्य सन्दिप विक्रम राणा सहितको तीन सदस्यीय समितिबीच विभिन्न चरणमा छलफल भई कायम गरिएका विविध सम्झौताहरुलाई कार्यान्वयन गरि सो कार्यक्रम सम्पन्न गरिएको एकभएको एसोसियसनले जनाएको छ ।
औपचारिक रुपमा दुई संस्था एकआपसमा मर्ज भएको सो कार्यक्रममा ३१ वर्षको लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको साझा व्यावसायिक संघको रुपमा निरन्तरता दिइने सहमती भएको छ ।
अब धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एकमुष्ट रुपमा सदस्यता प्रदान गर्ने छ । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगको रूपमा अगाडि बढाइनेछ ।
यसैगरी, दुवै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुलाई पनि स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने सो एसोसिएसनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।