logo

सेयर बजारमा सामान्य अंकको करेक्सन

    768   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार – यो साताको पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको सेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ । सामान्य करेक्सन भएको हो।
यस दिन सामान्य करेक्सन देखिएर नेप्से परिसूचक ११ दशमलब २४ अंकले घटेर २७ सय ४८ दशमलब ९६ विन्दुमा झरेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स पनि १ दशमलब ९३ अंकले घटेको छ । यसअघिका दुई कारोबार दिनमा नेप्से परिसूचक ८४दशमलब ६८ अंकले बढेको थियो । अहिले सेयर बजार बढेको अवसरमा छोटो अवधीका लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा मंगलबार सेयर बजारमा समान्य करेक्सन देखिएको सम्बन्धीत सरोकारवालाहरुले आंकलन गरेका छन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्सेसँगै सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा धेरै घटेको छ । अघिल्लो कारोबार दिन सोमबार ११ अर्ब ३१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । यस दिन ३ सय १२ वटा कम्पनीको ८२ हजार ५ सय ७० पटकको कारोबारमा जम्मा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।
यसैगरी, यसदिन समग्रमा सेयर बजारमा समान्य अंकको करेक्सन आएपनि ५ वटा कम्पनीको सेयर मुल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयर र सम्बृद्धि फाइनान्सको सेयर मुल्य सकारात्मक सर्किट लेभलमा बढेको छ ।
यस दिन गुडविल फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ९ दशमलब ३६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा पनि यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस फाइनान्सको २९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कुल १३ वटा उपसमूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १दशमलब १२ प्रतिशत बढेको छ । निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । अन्य उपसमूहको परिसूचक घटेको छ । यसदिन कारोबारमा आएका सबै कम्पनीहरु मध्ये ८० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन । १५७ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन भने ७ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।