logo

नेप्से २२.१४ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार

    409   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । नेप्सेमा सो अंकको वृद्धिसँगै २७ सय ६० बिन्दुमा कायम भएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । सोमबार कुल ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँको सेयर खरिदविक्री भएको छ । अघिल्लो कारोबारदिन जम्मा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको सेयर खरिदविक्री भएको थियो ।
यसदिन कुल १ सय ४३ वटा कम्पनीको मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मुल्य घटयो । यसैगरी, ९ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यस दिन सेयर बजारको कुल १३ वटा समुहगत सूचकहरुमा घट्ने र बढ्ने उपसमुहहरुमा मिश्रित अवस्था देखिएको छ । सोमबार माइक्रोफाइनान्स उपसमुहको सूचक सबैभन्दा धेरै ३ दशमलब २ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ उपसमुहको १ दशमलब सुन्य ४ प्रतिशत, लगानी उपसमुहको १ दशमलब २८ प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब ६६ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ०१ प्रतिशत , अन्य उपसमुहको सुन्य दशमलब २१ प्रतिशत र व्यापार उपसमूहको सुन्य दशमलब ७३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
त्यसैगरी, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब २२ प्रतिशत, विकास बैंक उपसमुहको सन्य दशमलब १० प्रतिशत, फाइनान्स उपसमुहको सून्य दशमलब ३० प्रतिशत र हाइड्रोपावर उपसमुहको सून्य दशमलब ०५ प्रतिशतले सेयर मुल्य घटेका छन् ।
यसदिन विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको सयेर मूल्यमा सर्किट नै लागेर १० प्रतिशत बढ्यो । यसैगरी, गुडविल फाइनान्सको ९ दशमलब ८ प्रतिशत तथा नारायणी विकास बैंकको ९ दशमलब ६ प्रतिशत मूल्य बढेको छ ।
यसदिन इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत,समृद्धि फाइनान्सको ९ दशमलब ७ प्रतिशत , सानिमा जीआईसी इन्स्योरेन्सको ४ दशमलब १ प्रतिशतले सेयर मुल्य घट्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
सोमबार कारोबारमा आएका विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमाबाहेकका उपसमूहले मात्र बजार बढाएका हुन् । कारोबारमा आएका ३ सय २ वटा कम्पनीहरु मध्ये सेयरमूल्य बढ्दा १ सय ४३ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।