logo

उच्च अंकले बढ्यो सेयर बजार , नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा

    524   पटक पढिएको

२५ कात्तिक/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर नेप्से २७ सय ३८ अंक नाघेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक ६२ दशमलब ५४ अंकले बढेर २७ सय ३८ दशमलब सून्य ६ बिन्दुमा आइपुगेको छ ।
यस दिन २ सय २८ वटा कम्पनीको सेयर मूल्य बढेका छन् । १३ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ३ वटाको स्थिर रह्यो । यस दिन झन्डै १० अर्बको सेयर कारोबार भएको छ । आइतबार कुल ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको सेयर खरिदविक्री भएको छ ।
अघिल्लो कारोबार दिन जम्मा ५ अर्ब २२ करोडको मात्र कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन सबै समुहका सूचक बढेका छन् । हाइड्रोपावर उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ४ दशमलब २६ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ उपसमुहको १ दशमलब ६२ प्रतिशत , विकास बैंक उपसमुहको २ दशमलब ७१ प्रतिशत, फाइनान्स उपसमुहको २ दशमलब ४८ प्रतिशत सेयर मुल्य बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ९६ प्रतिशत , लगानी उपसमुहको २दशमलब ५६ प्रतिशत, जीवन बीमा उपसमुहको २ दशमलब १६ प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको २ दशमलब ३२ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ५१ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ दशमलब ९५ प्रतिशत, अन्य समुह २ दशमलब ५२ प्रतिशत र व्यापार समूहको १ दशमलब १५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
आइतबार ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसदिन गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्यमा सर्किट लागेर १० प्रतिशत बढेको थियो । यसैगरी, इस्टर्न हाइड्रोपावरको ९ दशमलब ५ प्रतिशत , पिपुल्स पावरको ९ दशमलब सुन्य प्रतिशत, मैलुङखोलाको ९ दशमलब सुन्य प्रतिशत ,माउन्टेन हाइड्रो नेपालको ८ दशमलब ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, ङादी ग्रुप, एचआईडीसीएल प्रमोटर र साहस ऊर्जा क्रमशः अगाडि रहेका छन् । यसैगरी, यसदिन समाज लघुवित्तको ४ दशमलब ८ प्रतिशत , मिथिला लघुवित्तको ४दशमलब १ तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको ३ प्रतिशतले मूल्य घट्यो ।
यसअघिका केहीदिन सेयर बजार घटेको थियो । यसदिन समग्रमा नेप्सेले हाफ सेन्चुरी भन्दा बढीको सूचक ६२ दशमलब ५४ अंकको ह्याटिक हानेको हो । आइतबार नेप्सेले लिएको यो उचाई पछिल्लो दुई महिनायताकै सर्वाधिक हो । यसअघि गत १९ भदौमा नेप्से २७ सय ३९ दशमलब ४६ विन्दुमा थियो।
यसदिन सबै उपसमूहले सेयर बजार हरियो भएका थिए । सोही कारण यसदिन २२८ वटा कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् भने १३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसदिनको सेयर बजारमा कारोबार रकम पनि गत भदौ पछिको सबैभन्दा धेरै हो । यसअघि गत ३० भदौमा १० अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदविक्री भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।