logo

अपि पावरको लाभांश प्रस्ताव पारित

    342   पटक पढिएको


१२ कात्तिक/अर्थ र व्यापार– अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ । आइतबार काठमाडौमा सम्पन्न कम्पनीको २१ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित गरेको हो ।
सो साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्दै पारित गरेको हो । साधारण सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु समक्ष छलफल गर्दै पारित गरेको छ ।
यस साधारण सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियम बाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, यस अघि घोषणा भएको ९ दशमलब ५१३५ प्रतिशत दिने भनिएको लाभांसबाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सो साधारण सभामा जानकारी गराएकी थिइन ।
सो साधारण सभाले लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि गरेको छ । सोही साधारण सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा एकसय प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए । सो कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तले आवासीय भवन बनाउने काम अगाडी बढाइसकेको बताएको छ ।
यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा) निर्माण गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ ।
यसैगरी, अपिपावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८. ३ मे.वा) निर्माण गर्ने प्रस्ताव पनि सो सभाबाट अनुमोदन गराएको जनाएको छ ।
त्यसैगरी, अपि पावरले अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा) को निर्माण अन्तिम चरणमा रहेको र सो लगानी अनुमोदन गर्ने प्रस्ताव पनि अनुमोदन गरिसकेको सो कम्पनीले जनाएको छ ।
जसकालागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ ।
यस कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र द्धावारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।
कम्पनीले लेखा परीक्षकमा शिशिर बी एण्ड एसोसिएट्सलाई निरन्तरता दिंदै पारिश्रमिक कर बाहेक ५ लाख रुपैयाँ तोकेको छ। ९.७ मेगावाट क्षमताको न्वागाढ जलविद्युत् आयोजनाको बहुमत सेयरमा लगानी गर्ने सञ्चालक समितिको निर्णय पनि साधारण सभाले अनुमोदन गरेको छ ।
अहिले लटिनाथ पावर लिमिटेडले यो आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ। अपि पावरको साधारण सभाले न्वागाढ जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक कर्जा लिन जमानी बस्ने निर्णय समेत गरेको छ । यसैगरी, साधारण सभाले २८.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना विकास गरिरहेको दार्चुला पावर प्रालिको बहुमत सेयर खरिद गर्ने र आयोजना निर्माण तथा संचालनका लागि आवश्यक कर्जा लिन जमानी बस्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
साधारण सभाले चार जना संचालक छानेको छ । सिर्जना खड्का, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने र मधुसुदन कोइराला सञ्चालकमा दोहोरिएका छन् । स्वतन्त्र संचालक छान्ने जिम्मा साधारण सभाले संचालक समितिलाई दिएको छ । संचालक समितिको सोमबार बिहान बसेको बैठकले खड्कालाई अध्यक्ष चुनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।