logo

अपि पावरको लाभांश प्रस्ताव पारित

    819   पटक पढिएको


१२ कात्तिक/अर्थ र व्यापार– अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गरेको छ । आइतबार काठमाडौमा सम्पन्न कम्पनीको २१ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित गरेको हो ।
सो साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्दै पारित गरेको हो । साधारण सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु समक्ष छलफल गर्दै पारित गरेको छ ।
यस साधारण सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियम बाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, यस अघि घोषणा भएको ९ दशमलब ५१३५ प्रतिशत दिने भनिएको लाभांसबाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सो साधारण सभामा जानकारी गराएकी थिइन ।
सो साधारण सभाले लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण पनि गरेको छ । सोही साधारण सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा एकसय प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए । सो कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तले आवासीय भवन बनाउने काम अगाडी बढाइसकेको बताएको छ ।
यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा) निर्माण गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ ।
यसैगरी, अपिपावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८. ३ मे.वा) निर्माण गर्ने प्रस्ताव पनि सो सभाबाट अनुमोदन गराएको जनाएको छ ।
त्यसैगरी, अपि पावरले अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा) को निर्माण अन्तिम चरणमा रहेको र सो लगानी अनुमोदन गर्ने प्रस्ताव पनि अनुमोदन गरिसकेको सो कम्पनीले जनाएको छ ।
जसकालागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ ।
यस कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र द्धावारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।
कम्पनीले लेखा परीक्षकमा शिशिर बी एण्ड एसोसिएट्सलाई निरन्तरता दिंदै पारिश्रमिक कर बाहेक ५ लाख रुपैयाँ तोकेको छ। ९.७ मेगावाट क्षमताको न्वागाढ जलविद्युत् आयोजनाको बहुमत सेयरमा लगानी गर्ने सञ्चालक समितिको निर्णय पनि साधारण सभाले अनुमोदन गरेको छ ।
अहिले लटिनाथ पावर लिमिटेडले यो आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ। अपि पावरको साधारण सभाले न्वागाढ जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक कर्जा लिन जमानी बस्ने निर्णय समेत गरेको छ । यसैगरी, साधारण सभाले २८.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना विकास गरिरहेको दार्चुला पावर प्रालिको बहुमत सेयर खरिद गर्ने र आयोजना निर्माण तथा संचालनका लागि आवश्यक कर्जा लिन जमानी बस्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
साधारण सभाले चार जना संचालक छानेको छ । सिर्जना खड्का, संजिव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने र मधुसुदन कोइराला सञ्चालकमा दोहोरिएका छन् । स्वतन्त्र संचालक छान्ने जिम्मा साधारण सभाले संचालक समितिलाई दिएको छ । संचालक समितिको सोमबार बिहान बसेको बैठकले खड्कालाई अध्यक्ष चुनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।