logo

सेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से ९.१९ अंकले घटेर २६१७ विन्दुमा

    345   पटक पढिएको


११ कात्तिक/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से ९ दशमलब १९ मंकले घटेर २६ सय १७ दशमलब ९५ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भएको थियो ।
यस दिन जम्मा ४ अर्ब ७३ २४ लाख ८७ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन कुल ३ सय २० वटा कम्पनीको कारोबार भएको थियो । जसमा ९२ वटा कम्पनीको सयेर मूल्य बढ्दा १४० वटाको घट्यो । ११ वटा कम्पनीको स्थिर रह्यो ।
यसदिन बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १ दशमलब ३० प्रतिशतले घट्यो । बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दिनदेखि नै ओरालो लागेको बैंकिङ समुहको सेयर बजार अझै सम्हालिएको छैन । बैंकिङ क्षेत्रको वित्तिय विवरण त्यति सन्तोषजनक नदेखिएपछि अहिले यो समूहका लगानीकर्ताले निरन्तर घाटा व्यहोर्नु परेको छ ।
यसदिन जीवन बीमा समूह १ दशमलब १५ प्रतिशत , फाइनान्स १ दशमलब ११ प्रतिशत , होटल तथा पर्यटन सुन्य दशमलब ६९ प्रतिशत , हाइड्रोपावर सुन्य दशमलब ४७ र व्यापारको समुहको सेयर मुल्य सुन्य दशमलब २० प्रतिशत बढेका छन् ।
यीबाहेकका सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै प्रतिशत घट्यो । यसैगरी, विकास बैंक उपसमुह सुन्य दशमलब ५१ प्रतिशत , लगानी उपसमुह सुन्य दशमलब १७ प्रतिशत , उत्पादन सुन्य दशमलब ९१ प्रतिशत, माइक्रोफाइनान्स सुन्य दशमलब ७३ प्रतिशत , निर्जीवन बीमा सुन्य दशमलब ४४ प्रतिशत र अन्य समूहका सेयर मुल्य सुन्य दशमलब ३२ प्रतिशतले घटेका छन् । यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, माइखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशतले बढेर लगानीकर्ताले राम्रो नाफा कमाएका छन् । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
कालिन्चोक दर्शनको ९.७७ प्रतिशत , मकर जितुमाया हाइड्रोको ७.३९ प्रतिशत , नेपाल फाइनान्सको ६.६८ प्रतिशत , जानाकी फाइनान्सको ५.९० प्रतिशतले सेयर मूल्य बढ्यो । आइतबार नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो । प्राइम कमर्सियल बैंकको ४.१७ प्रतिशत , रावा इनर्जीको ४.०३ प्रतिशत र आईसीएफसी फाइनान्सको ३.८३ प्रतिशतले घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।