logo

साताको अन्तिम कारोबार दिन पनि फर्किएन सेयर बजार, नेप्से १८.२५ अंकले घट्यो

    712   पटक पढिएको



८ कात्तिक/अर्थ र व्यापार – यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार सम्हालिएर फर्किन सकेन । अघिल्लो दिनबाट ओरालो लागेको सेयर बजारको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १८ दशमलब २५ अंक घटेर २६ सय २७ विन्दुमा ओर्लिएको छ । सेयर बजारको परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा बिहीबार जम्मा ५ अर्ब ४१ करोडमा मात्र सेयर खरिदविक्री भएको छ ।
यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । यसदिन पनि बैंकिङ समूहले नै सेयर बजारलाई तल झार्न बल पु¥याएको देखिएको छ ।
यसदिन नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा पनि बैंकिङ समूह भने १.०२ प्रतिशत घट्ेको छ । यसैगरी, विकास बैंक ०.७९ प्रतिशत , फाइनान्स ०.८८ प्रतिशत , होटल तथा पर्यटन ०.८७ प्रतिशत , लगानी ०.९२ प्रतिशतले घटेको छ ।

यसैगरी, जीवन बीमा ०.५२ प्रतिशत, उत्पादन १.२६ प्रतिशत , माइक्रोफाइनान्स ०.८१ प्रतिशत , निर्जीवन बीमा ०.६० प्रतिशत , अन्य समुह ०.६५ प्रतिशत र व्यापार समूह १.९३ प्रतिशतले घटेको छ । यसदिन हाइड्रोपावर समूह भने ०.३६ प्रतिशतले बढेको छ ।
बैंकिङ यपसमुह उच्च दरमा घटे पनि एसबीआई बैंकको मूल्य सबैभन्दा धेरैले बढेर झन्डै सर्किट नै लागेको थियो । यस बैंकको मूल्य ९.७५ प्रतिशतले बढ्यो । यसैगरी पिपुल्स पावरको ८.०५ प्रतिशत , समृद्धि फाइनान्सको ६.१८ प्रतिशत , माथिल्लो मैलुङखोलाको ५.७८ प्रतिशत, साहस ऊर्जाको ५.१७ प्रतिशत , सुपर मादी हाइड्रोपावरको ५.१० प्रतिशत र मिथिला लघुवित्तको ४.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।