logo

नेप्से ५७.९९ अंकले घटेर २६३९ विन्दुमा

    356   पटक पढिएको


५ कात्तिक/अर्थ र व्यापार – यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ५७ दशमलब ९९ अंकले घटेर २६ सय ३९ दशमलब ९२ विन्दुमा आइपुगेको छ ।
यसदिन बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ९० करोडको कारोबार भएको छ ।
यसदिन २३ वटा कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटेका छन् ।
हाड्रोपावर उप समुहतर्फको ङादी ग्रुप पावरको ९.२ प्रतिशत , गुडविल फाइनान्सको ५.६ प्रतिशत, छ्याङ्दी हाइड्रोको ४.७ प्रतिशत , इस्टर्न हाइड्रोपावरको ४.७ प्रतिशत र गोर्खाज फाइनान्सको ४.६ प्रतिशतले मूल्य घटेको छ ।
नेप्से यतिधेरै अंकले घट्दापनि विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ९.८ प्रतिशत , कालिका लघुवित्तको ५.५ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.८४ प्रतिशत , मानुषी लघुवित्तको ३.९९ प्रतिशतले सेयर मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइनान्स क्रमशः अगाडि रहेका छन् । यसदिन ५ अर्ब ९० करोड ७ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।