logo

सेयर बजारमा ४७.४४ अंकको करेक्सन , ८ अर्ब १८ करोडको कारोबार

    400   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४७ दशमलब ४४ अंकको करेक्सन भएको छ । जसका कारण सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से ४७ दशमलब ४४ अंकले घटेर २६ सय ९७ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लोदिन ७ अर्ब १९ करोडको कारोबार भएकोमा आइतबार ८ अर्ब १८ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ। । १८ कम्पनीको मूल्य बढ्दा २ सय २६ वटाको घट्यो । यसदिन सबै क्षेत्रका सूचक घटेका छन् ।
बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटेका छन ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुप पावरको ९.८९, हिमालयन लघुवित्तको ५.९२ तथा अपर सोलु हाइड्रोको ३ प्रतिशत मूल्य बढ्यो ।
इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । गुडविल फाइनान्सको ८.४१, बुटवल पावरको ५.०३ तथा तेह्रथुम पावरको ४.९६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल प्रमोटर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको थियो ।
यसदिन फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतले गुमाएका छन्। आइतबार ८ अर्ब १८ करोड २ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक गुडविल फाइनान्सको ४५ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछि कुमारी बैंकको ३७ करोड ८७ लाख र हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।