logo

सेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से

कारोबार पनि दोब्बर

    412   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार– मंगलबार सेयर बजार भारी अंकले बढेर उछाल छाएको छ । अघिल्लो दिनको तुलनामा एकैदिन सयेर बजार परिसूचक नेप्से ११४ दशमलब ७० अंकले बढेर २६ सय २३ विन्दुमा पुगेको छ ।
धेरै लामो समयपछि उत्साहकासाथ बजार उकालो लागेको यो वृद्धिसँगै कारोबार रकम पनि दोब्बरले बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार कुल २४३ वटा कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । यसदिन सबै क्षेत्रका सूचक बढेका छन् ।
बैंकिङ समुह ३.८२ प्रतिशत , विकास बैंक समुह ५.४८ प्रतिशत , फाइनान्स समुह ९ दशमलब ७४ प्रतिशत, होटल तथा पर्यटन समुह ५.९७ प्रतिशत , हाइड्रोपावर समुह ५.९८ प्रतिशतले बढेका छन ।
यसैगरी, लगानी समुह तर्फ ६.१० प्रतिशत , जीवन बीमा समुह ४.१२ प्रतिशत , उत्पादन समुहतर्फ २.१९ प्रतिशत , माइक्रोफाइनान्स समुहतर्फ ३.९८ प्रतिशत, निर्जीवन बीमा समुह ३.०९ प्रतिशत, अन्य समुह ४.६७ प्रतिशत र व्यापार समुहतर्फ ३.९९ प्रतिशतले सेयर मुल्य बढेका छन ।
यसदिन दुई दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । बुटवल पावर, गोर्खाज् फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुहेश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावर, दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
यसैगरी, इस्टर्न हाइड्रोपावर, सिटी होटल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा यसदिन अपी पावर हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।