logo

सेयर बजार बढेर नेप्से २५०० नाघ्यो

    812   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार – सेयर बजार बढेर सोमबार नेप्से २५सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४ दशमलब ४५ अंकले बढेर २५ सय ०८ विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक बढ्दा करोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ७१ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
यसदिन कुल २ सय १० वटा कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मुल्य घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य समुह २.३७ तथा व्यापार समुह १.५२ प्रतिशतले बढेका छन् ।
यसदिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहेका छन । यसदिन सूचीकृत चारवटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १० प्रतिशत , युनाइटेड मोदी हाइड्रोको ९.५ प्रतिशत , सर्वोत्तम सिमेन्टको ९.४ प्रतिशत , सोनापुर सिमेन्टको ९.१ प्रतिशत , शिवम् सिमेन्टको ७.९ प्रतिशत , माहुली लघुवित्तको ७.३ प्रतिशत , हाथवे इन्भेस्टमेन्टको ७.१ प्रतिशत, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।
दसैँतिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन् । बाढीपहिरोले क्षति पु¥याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो ।
अघिल्लो दिन पनि यिनै सिमेन्ट कम्पनीको मूल्यकै कारण समग्र बजार घटे पनि उत्पादन क्षेत्र बढेको थियो । यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घट्यो । त्यस्तै इङ्वा हाइड्रोपावरको मूल्य ४.१, अपर स्याङ्गे हाइड्रोको ३.९, सगरमाथा जलविद्युतका् ३.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।