logo

२५ सयमाथि टिकेन सेयर बजार

    721   पटक पढिएको


१० असोज/अर्थ र व्यापार– अघिल्लो दिन बढेर २५ सय १९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनिको ओरालो यात्रामै झरेको छ । अघिल्लो दिनको तुलनामा ३२ दशमलब ८१ अंक घटेको सेयर बजार परिसूचक नेप्से २४ सय ८६ विन्दुमा आएको छ ।
बिहीबार कारोबार खुल्दा सकारात्मक देखिएको सेयर बजार बिहान ११:२४ बजे २५ सय ४१ अंकसम्म पुग्यो । जुन इन्ट्राडेमा उच्चतम अंक रह्यो । त्यसपछि सामान्य उतारचढावकाबिच दिउँसो ३ बजेको अन्तिमसम्म गिरावट जारी रह्यो । यसदिन ३९ वटा कम्पनीको मूल्य बढ्दा २सय १ को घट्यो भने ४ वटाको स्थिर रह्यो ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ समुह १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटेका छन् ।
यसैगरी, व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो । विन नेपाल लघुवित्तको ९.८ प्रतिशत , बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६ प्रतिशत , अपी पावरको ७.४ प्रतिशत , थ्रीस्टार हाइड्रोपावरको ५.७ प्रतिशत , इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।