logo

२५ सयमाथि टिकेन सेयर बजार

    421   पटक पढिएको


१० असोज/अर्थ र व्यापार– अघिल्लो दिन बढेर २५ सय १९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनिको ओरालो यात्रामै झरेको छ । अघिल्लो दिनको तुलनामा ३२ दशमलब ८१ अंक घटेको सेयर बजार परिसूचक नेप्से २४ सय ८६ विन्दुमा आएको छ ।
बिहीबार कारोबार खुल्दा सकारात्मक देखिएको सेयर बजार बिहान ११:२४ बजे २५ सय ४१ अंकसम्म पुग्यो । जुन इन्ट्राडेमा उच्चतम अंक रह्यो । त्यसपछि सामान्य उतारचढावकाबिच दिउँसो ३ बजेको अन्तिमसम्म गिरावट जारी रह्यो । यसदिन ३९ वटा कम्पनीको मूल्य बढ्दा २सय १ को घट्यो भने ४ वटाको स्थिर रह्यो ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ समुह १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटेका छन् ।
यसैगरी, व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो । विन नेपाल लघुवित्तको ९.८ प्रतिशत , बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६ प्रतिशत , अपी पावरको ७.४ प्रतिशत , थ्रीस्टार हाइड्रोपावरको ५.७ प्रतिशत , इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।