logo

सामाजिक सञ्जालको भरपर्दा लगानी जोखिममा पर्नसक्छ भन्दै नेप्सेले गरायो सचेत

    472   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई विश्लेषक वा सामाजिक सञ्जालमा आउने हल्लाको भरमा मात्रै लगानी नगर्न आग्रह गरेको छ।
नेपालमा बजार विश्लेषकको रूपमा हालसम्म कसैलाई मान्यता नदिइएकाले त्यस्ता विज्ञको विश्लेषण वा सामाजिक सञ्जाललाई हेरेर लगानी नगर्न नेप्सेले सूचना जारी गरेको हो।
पछिल्लो समय गलत विश्लेषणको भर पर्दा धेरैले लगानी गुमाएका छन्। त्यसैले नेप्सेले फेसबुक, ट्विटर, क्लबहाउस लगायत समाजिक सञ्जाल र त्यस्ता माध्यममा आउने विज्ञको विश्लेषणमा भर नपर्न सो सूचना मार्फत लगानीकर्तालाई सचेत गराएको हो।
‘फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिन्छ,’ नेप्सेले भनेको छ, ‘त्यसैले, यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेप्से सबैलाई अनुरोध गर्दछ।’
असारयता बजार बढ्न थालेपछि क्लब हाउसमा केही गिरोह कम्पनीको मूल्य बढाउन सामूहिक रुपमै लागेका छन्। जसकारण खराब वित्तीय अवस्था भएका कम्नीकै सेयर मूल्य उच्च बढ्यो। अहिले नेप्से घट्न थालेपछि ति कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। बजार उचालेर सेयर मूल्य बढाइएका कम्पनीमा लगानीगर्दा लगानीकर्ताको रकम नै जोखिममा परेको गुनासो बढेपछि यसरी सचेत गराइएको नेप्सेले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।