logo

सेयर बजारमा दोहोरो अंकको सुधार

नेप्से ११.५८ अंकले बढेर २५८८.३५ को विन्दुमा, बैंकिङ क्षेत्रले बढायो बजार

    774   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर २ हजार ५ सय ८८ दशमलव ३५ को विन्दूमा रोकिएको छ ।
यसदिन ३ सय २५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता शेयर ७२ हजार ९ सय ५७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार वित्त समूह शून्य दशमलव ३१ प्रतिशत , होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् । अन्य सबै समूहको उपसूचक बढेको छ ।
आइतबार सबैभन्दा बढी बैकिङ समूह १ दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६ प्रतिशत, जलविद्युत् शून्य दशमलव ३१ प्रतिशत , लगानी शून्य दशमलव ६२ प्रतिशत र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । यसैगरी, निर्जीवन बीमा समूह शून्य दशमलव ४७ प्रतिशत , व्यापार शून्य दशमलव ०७ प्रतिशत र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।
इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेका छन । यो कम्पनीको सेयर मूल्य ८ दशमलव ६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको २७ करोड ८० लाख २७ हजार ७ सय १५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ६ लाख ४७ हजार दुईसय तीन कित्ता सेयर खरिद विक्री भएको छ ।
आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकले बढेको हो । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएको थियो । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेप्से पुगेर सेयर बजारको अवस्थाबारे गम्भिर चासो राखेपछि खुलेको बजार सुरुमा आक्रामक ढंगले बढ्ने संकेत देखिए पनि सो संकेतले निरन्तरता पाउन सकेन ।
आइतबार बजार खुलेको पाँच मिनेटमै नेप्से २६ सय ४२ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ ः २७ बजे २५ सय ७० अंकसम्म झरेको नेप्से त्यसपछिको केहीबेरमै फर्किएर बजार सम्हालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।