logo

सेयर बजारमा दोहोरो अंकको सुधार

नेप्से ११.५८ अंकले बढेर २५८८.३५ को विन्दुमा, बैंकिङ क्षेत्रले बढायो बजार

    476   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर २ हजार ५ सय ८८ दशमलव ३५ को विन्दूमा रोकिएको छ ।
यसदिन ३ सय २५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता शेयर ७२ हजार ९ सय ५७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार वित्त समूह शून्य दशमलव ३१ प्रतिशत , होटल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् । अन्य सबै समूहको उपसूचक बढेको छ ।
आइतबार सबैभन्दा बढी बैकिङ समूह १ दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६ प्रतिशत, जलविद्युत् शून्य दशमलव ३१ प्रतिशत , लगानी शून्य दशमलव ६२ प्रतिशत र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । यसैगरी, निर्जीवन बीमा समूह शून्य दशमलव ४७ प्रतिशत , व्यापार शून्य दशमलव ०७ प्रतिशत र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले बढेको छ ।
इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेका छन । यो कम्पनीको सेयर मूल्य ८ दशमलव ६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको २७ करोड ८० लाख २७ हजार ७ सय १५ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ६ लाख ४७ हजार दुईसय तीन कित्ता सेयर खरिद विक्री भएको छ ।
आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकले बढेको हो । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएको थियो । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेप्से पुगेर सेयर बजारको अवस्थाबारे गम्भिर चासो राखेपछि खुलेको बजार सुरुमा आक्रामक ढंगले बढ्ने संकेत देखिए पनि सो संकेतले निरन्तरता पाउन सकेन ।
आइतबार बजार खुलेको पाँच मिनेटमै नेप्से २६ सय ४२ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ ः २७ बजे २५ सय ७० अंकसम्म झरेको नेप्से त्यसपछिको केहीबेरमै फर्किएर बजार सम्हालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।