logo

बजार घटेपनि पनि बैंकिङ समुहको सेयर बढ्यो,लगानीकर्ता पर्ख र हेरको अवस्थामा

    762   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ अंकले घटेर २५ सय ७६.७६ विन्दुमा कायम भएको छ ।
बुधबारको सेयर बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो । यसदिन कारोबार रकम पनि घटेर जम्मा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा खुम्चियो ।
यसरी कारोबार रकम घट्नुको कारण अब बजारमा सेयर बिक्री गर्नेहरू संयम हुन थालेको बुझाई आम लगानीकर्ताको छ । बुधबार ७४ वटा कम्पनीको मूल्य बढ्दा १६३ वटाको सेयर मुल्य घट्यो । ७ वटाको स्थिर रह्यो ।
यस दिन दुईवटा समुहका सेयर मुल्य मात्र बढेका छन् । बैंकिङ समूहतर्फ ११ अंक र निर्जीवन बीमातर्फ २० अंकले मुल्य बढ्यो । अरु सबै समूहगत सूचक घटेका छन् ।
विकास बैंकतर्फ ६, फाइनान्स समुहतर्फ ८३, होटल तथा पर्यटन समुहतर्फ ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंकले घटेका छन् ।
अन्यको तुलनामा बैंकिङ हाई क्याप सेक्टर कम्पनी रहेकाले यसले समग्र बजारको उतारचढावलाई बढी प्रभाव पारेको देखिएको छ । सोही कारण बुधबार बैंकिङ समुहको मुख्य बृद्धिकै कारण अरु समुह घट्दा पनि समग्र सेयर बजारको गिरावट दर न्यून हुन रहेको छ ।
यसदिन कालिका लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढ्यो । स्वरोजगार लघुवित्तको ७.९, रावा इनर्जीको ७.३, भूगोल इनर्जीको ७, सुपरमाइ हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो ।
गुडविल फाइनान्सको ६.७, आत्मनिर्भर लघुवित्तको ६.३, समृद्धि फाइनान्सको ५.९, समाज लघुवित्तको ५.८ प्रतिशत मूल्य घटेका छन् । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा तथा गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले सेयर कारोबार पनि बन्द हुनेछ । निरन्तर यसरी बजार घटिरहेका कारण अहिले अधिकाँश लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।