logo

सेयर बजारमा उच्च गिरावट, नेप्से ५०.७३ अंकले घट्यो

    450   पटक पढिएको


३० भदौ/अर्थ र व्यापार – सेयर बजार यो साताको पहलिो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएर नेप्से ५०.७३ अंकले घटेको छ । यसदिन नेप्से ५०.७३ अंकले घटेर २६ सय ३७ दशमलब ७९ विन्दुमा आइपुगेको छ ।
गत साता अन्तिम दिन हरियाली छाएको नेप्से यो साताको पहिलो दिन नै ओरालो लागेको हो। आइतबार कारोबारमा आएका सबै उपसमूहको सूचकमा गिरावट आएको छ । फाइनान्स समूहको सूचक सर्वाधिक ३.५३ अंकले घटेको छ ।
कारोबारमा आएका ३२४ वटा कम्पनीमध्ये २१९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन्।
त्यस्तै, ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ९.४० प्रतिशतले गुमाएका छन्। उच्च अंकले घटेको बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन कुल १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक सीइडीबी हाइड्रोपावरको ६४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फण्ड ३५ करोड २८ लाख र हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।