logo

२७०१ अंकमा झर्यो सेयर बजार

    845   पटक पढिएको


२३ भदौ/अर्थ र व्यापार– यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २५दशमलब ४६ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७ सय १दशमलब ९ अंकमा कायम भएको छ ।
सेयर बजार दिनभर उतारचढावमा रह्यो । यसदिन बिहान १२: २७ बजे बजार बढेर २७ सय ६० अंकसम्म पुगेको बजार दिउँसो २: ५८ बजे पुनः २६ सय ९९ सम्म झ¥यो । र अन्तिममा २७ सय १ अंकमा बजार रोकिएको हो ।
८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ । बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आइतबार १० अर्ब १२ करोडको कारोबार भएको छ ।
माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटे ।
समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको ८, उन्नति सहकार्य लघुवित्तको ७.३, गणपति लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको १०, गुडविल फाइनान्सको ६.०५, दोल्ती पावरको ४.५, मातृभूमि लघुवित्तको ४.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।