logo

सर्वोत्तम सिमेन्ट,साहस ऊर्जा र बुद्धभूमि हाइड्रोको सेयरमा लकइन अवधि सकिँदै

    539   पटक पढिएको


२० भदौ/अर्थ र व्यापार– एक महिनामा तीन कम्पनीका थप सेयरमा लकइन अवधि सकिँदैछ । म्युचुअल फन्ड, संस्थागत लगानीकर्ता, संस्थापक, प्रभावित स्थानीयले होल्ड गरेको तीन कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो ।
सर्वोत्तम सिमेन्टको भदौ २५ गते संस्थागत तथा म्युचुअल फन्डले होल्ड गरेको सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थागत तथा म्युचुअल फन्डको होल्डिङमा सर्वसाधारणलाई सेयर बाँडफाँटको ६ महिनासम्म लकइन अवधि रहने व्यवस्था छ । सो बमोजिम सर्वोत्तमको २५ लाख ५४ हजार २२७ कित्ता सेयरमा लकइन अवधि सकिनेछ ।
त्यस्तै साहस ऊर्जाको संस्थापक, स्थानीयबासी र कर्मचारीको सेयरमा असोज १६ गतेपछि लकइन अवधि सकिने भएको छ । सो कम्पनीको २ करोड ८२ लाख १० हजार कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो । संस्थापक तथा प्रभावित स्थानीयको सेयरमा सर्वसाधारणलाई बाँडफाँटको तीन वर्षपछि लकइन अवधि सकिने व्यवस्था छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा असोज २१ पछि लकइन अवधि सकिने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरमा लकइन अवधि सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।