logo

सेयर बजार घट्यो,नेप्से २७३९ अंकमा ओर्लियो

    405   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारि अंकको करेक्सन भएको छ । नेप्से परिसूचक अघिल्लो दिन मंगलबारको तुलनामा ९० दशमलब ७३ अंकले घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से परिसूचक २७ सय ३९ अंकमा कायम भएको छ । यसदिन नेप्से घट्दा सेयर कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार १२ अर्ब ९२ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
यसदिन ३१ वटा कम्पनीको मूल्य बढ्दा २ सय १३ वटाको घट्यो भने एउटाको स्थिर रह्यो । बुधबार सबै क्षेत्र समुह तर्फका सूचक घटेका छन् । बैंकिङ समुहतर्फ ३.१ प्रतिशत , विकास बैंक समुहतर्फ २.२ प्रतिशत, फाइनान्स समुहतर्फ ५.१ प्रतिशत , होटल तथा पर्यटन समुहतर्फ ४.४ प्रतिशत , हाइड्रोपावर समुहतर्फ ३.५, लगानी समुहतर्फ ३.५, जीवन बीमा समुहतर्फ ३.७, उत्पादन समुहतर्फ २.५, माइक्रोफाइनान्स समुहतर्फ १.३, निर्जीवन बीमा समुहतर्फ २.७ प्रतिशत , अन्य समुहतर्फ ३.७ प्रतिशत र व्यापार समुहतर्फ २.६ प्रतिशतले सेयर मुल्य घटेका छन ।
यतिधेरै अंकले बजार घट्दा पनि यसदिन ५ वटा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ८.९, धौलागिरि लघुवित्तको ८.४, मानुषी लघुवित्तको ५.९ प्रतिशत मूल्य बढ्यो ।
गुडविल फाइनान्सको मूल्य ८.४ प्रतिशत घट्यो भने हिमालयन पावर पार्टनरको ७.६, सुपरमाइ हाइड्रोपावरको ७.४, तारागाउँ रिजेन्सीको ६.९, सेन्ट्रल फाइनान्सको ६.५, स्वाबलम्बन लघुवित्तको ६.२ तथा बेस्ट फाइनान्सको मूल्य ६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।