logo

मंगलबार केही करेक्सनको अनुमान गरिएपनि सेयर बजार बढेर २८३० अंकमा पुग्यो

    457   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १ सय २७ अंक बढेको बजारमा मंगलबार केही करेक्सनको अनुमान गरिए पनि सेयर बजारले वृद्धिलाई नै निरन्तरता दिएको छ ।
मंगलबार पनि नेप्से परिसूचक ६.९४ अंकले बढेर २८ सय ३० विन्दुमा कायम भएको छ । नेप्से परिसूचक बढ्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा यसदिन १३ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
कुल १०६ वटा कम्पनीको मूल्य बढ्दा १ सय ३३ वटाको घट्यो भने ५ वटाको स्थिर रह्यो ।
यस दिन बीमा क्षेत्रमा आकर्षण देखियो । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ४.७८ प्रतिशत बढ्यो भने जीवन बीमा समूह २.२८ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक १.३२, होटल तथा पर्यटन ०.६५, माइक्रोफाइनान्स ०.३६ प्रतिशत बढे ।
बैंकिङ ०.६७, फाइनान्स १.५७, हाइड्रोपावर ०.५०, लगानी ०.४४, उत्पादन ०.१४, अन्य ०.१८, ब्यापार ०.४१ प्रतिशत घटे ।
१२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
नेपाल इन्स्योरेन्स ७.७, सम्पदा लघुवित्तको ६.८, प्रभु इन्स्योरेन्सको ६.१, सानिमा रिलायन्स लाइफको ६ प्रतिशत मूल्य बढ्यो । हिमालयन पावर पार्टनरको ८.८, दोल्ती पावरको ८.४, मितेरी डेभलपमेन्ट बैंक ७.४ तथा नेपाल फाइनान्सको ५.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अपी पावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।