logo

सेयर बजारमा करेक्सन, नेप्से ३६ अंक घट्यो

    423   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार – यो साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन नेप्से ३६.८३ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेयर बजारसँगै कारोबार रकम थप घटेको छ ।
अघिल्लो दिन बुधबार १३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार १२ अर्ब २४ करोडमा खुम्चियो । यसदिन ५३ कम्पनीको मूल्य बढ्दा १८८ वटाको घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटेका थिए ।
कुथेली बुकरी स्मल हाइड्रोपावर तथा रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावरको ८.४, मितेरी डेभलपमेन्ट बैंकको ७.८, पिपुल्स हाइड्रोपावरको मूल्य ७.६ प्रतिशत घट्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ५.८, एनआरएन इन्फ्रास्ट्रक्चरको ५, तारागाउँ रिजेन्सीको ५, तथा नाडेप लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो । यसदिन गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र राधि पावर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।