logo

सेयर बजारमा भारी अंकको करेक्सन, नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा

माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण

    546   पटक पढिएको


९ भदौं/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको करेक्सन भई परिसूचक नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा ओर्लिएको छ ।
यसदिन नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसभन्दा अघिल्लो दिन बिहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो ।
यस दिन ६० वटा कम्पनीको सेयरमूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशतले बढेको छ । अन्य सबै समूह राताम्मै भएको छ । आइतबार सबैभन्दा धेरै लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । लगानी समूह ३.८३ प्रतिशतका दरले घटेको छ ।
यतिधेरै अंकको करक्सन हुँदापनि आइतबार चारवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ६० कम्पनीको सेयर भाउ बढेको छ । ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्त र थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
आइतबार सबैभन्दा धेरै मन्दाकिनि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् । गत साता बुधबार र बिहीबार सामान्य अंकले बढेको नेप्से आइतबार ७९.८८ अंकले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन माइक्रोफाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। त्यस्तै, अन्य उपसमूह ३.५५, फाइनान्स उपसमूह ३.५०, बैंकिङ उपसमूह ३.३१ र हाइड्रोपावर उपसमूह सूचक ३.०४ प्रतिशतले घटेको छ । यसदिन १८४ कम्पनीको सेयर मूल्य घटेको छ।
दोहोरो अंकको करेक्सनको दिन आइतबार अपि पावर ८४ करोड ६८ लाख, हिमालयन रि–इन्स्योरेन्स ७३ करोड ४३ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ५१ करोड ९६ लाख रुपैयाँसहित सर्वाधिक सेयर किनबेच हुने कम्पनीको सूचीमा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।