logo

सेयर बजारमा भारी अंकको करेक्सन, नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा

माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण

    844   पटक पढिएको


९ भदौं/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको करेक्सन भई परिसूचक नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा ओर्लिएको छ ।
यसदिन नेप्से घटेपनि अहिल्लो कारोबार दिनको तुलानामा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसभन्दा अघिल्लो दिन बिहीबार १९ अर्ब १६ करोड रुपैयाँ बराबारको कारोबार भएको थियो ।
यस दिन ६० वटा कम्पनीको सेयरमूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सूचीकृत १३ उपसमूहमध्ये माइक्रोफाइनान्स समूह १.०८ प्रतिशतले बढेको छ । अन्य सबै समूह राताम्मै भएको छ । आइतबार सबैभन्दा धेरै लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । लगानी समूह ३.८३ प्रतिशतका दरले घटेको छ ।
यतिधेरै अंकको करक्सन हुँदापनि आइतबार चारवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ६० कम्पनीको सेयर भाउ बढेको छ । ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्त र थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
आइतबार सबैभन्दा धेरै मन्दाकिनि हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् । गत साता बुधबार र बिहीबार सामान्य अंकले बढेको नेप्से आइतबार ७९.८८ अंकले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन माइक्रोफाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। त्यस्तै, अन्य उपसमूह ३.५५, फाइनान्स उपसमूह ३.५०, बैंकिङ उपसमूह ३.३१ र हाइड्रोपावर उपसमूह सूचक ३.०४ प्रतिशतले घटेको छ । यसदिन १८४ कम्पनीको सेयर मूल्य घटेको छ।
दोहोरो अंकको करेक्सनको दिन आइतबार अपि पावर ८४ करोड ६८ लाख, हिमालयन रि–इन्स्योरेन्स ७३ करोड ४३ लाख र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ५१ करोड ९६ लाख रुपैयाँसहित सर्वाधिक सेयर किनबेच हुने कम्पनीको सूचीमा रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।