logo

नेप्से ६.०१ अंकले बढ्यो, ५ विकास बैंकमा पोजेटिभ सर्किट

    480   पटक पढिएको


६ भदौ/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै उचारचढावपूर्ण बनेको सेयर बजार परिसूचक नेप्से बिहीबार ६.०१ अंकले बढेर २९ सय ७४ दशमलब ४६ विन्दुमा पुगेको छ ।
यसदिन इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।
बिहीबार विकास बैंकको सूचक सर्वाधिक ४ दशमलब ५२ प्रतिशतले वृद्धि भएको छ। सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेका ७ कम्पनी मध्ये ५ विकास बैंक छन्। नारायणी, कर्पोरेट, ज्योति, सिन्धु र सप्तकोशी विकास बैंकको सेयरमा सर्किट लागेको छ । तारागाउँ रिजेन्सी र थ्रीस्टार हाइड्रोपावरको सेयरमा पनि सर्किट लागेको छ।
कारोबारमा आएका ३ सय ३३ वटा कम्पनीमध्ये १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको छ। १०९ कम्पनीको सेयरमूल्य घटेको छ । घटेकामध्ये एसबीएल डिबेन्चरको सर्वाधिक १० प्रतिशतले घटेको छ।
यसदिन १९ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक १ अर्ब ३ करोड र अरुणभ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
साताको अन्तिम दिन कारोबार दिन सेयर बजारमा खुलेदेखि नै उच्च उतारचढाव देखिएको थियो । दिउँसो १२: ४६ बजे बजार बढेर परिसूचक नेप्से ३०१८ अंकसम्म पुगेको थियो । बढेको बजार ३ हजारमाथि टिक्न सकेन । अन्ततः बढेको बजार २९ सय ७४ दशमलब ४६ विन्दुमा ओर्लिएर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंकले बढेको छ ।
अघिल्लो दिन बुधबार १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन केही बढेर १९ अर्ब १६ करोडको भएको हो । यसदिन विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो । सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।
७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
यसैगरी, ग्रीन डेभलपमेन्टको ८.१५, महालक्ष्मी विकास बैंकको ६.८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य ३.९, राष्ट्रिय बीमा कम्पनीको ३.७, सगरमाथा जलविद्युतको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, ज्योति विकास बैंक र अपीपावर क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।