logo

नेप्से ६.०१ अंकले बढ्यो, ५ विकास बैंकमा पोजेटिभ सर्किट

    853   पटक पढिएको


६ भदौ/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । बिहान ११ बजे कारोबार खुलेदेखि नै उचारचढावपूर्ण बनेको सेयर बजार परिसूचक नेप्से बिहीबार ६.०१ अंकले बढेर २९ सय ७४ दशमलब ४६ विन्दुमा पुगेको छ ।
यसदिन इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।
बिहीबार विकास बैंकको सूचक सर्वाधिक ४ दशमलब ५२ प्रतिशतले वृद्धि भएको छ। सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेका ७ कम्पनी मध्ये ५ विकास बैंक छन्। नारायणी, कर्पोरेट, ज्योति, सिन्धु र सप्तकोशी विकास बैंकको सेयरमा सर्किट लागेको छ । तारागाउँ रिजेन्सी र थ्रीस्टार हाइड्रोपावरको सेयरमा पनि सर्किट लागेको छ।
कारोबारमा आएका ३ सय ३३ वटा कम्पनीमध्ये १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको छ। १०९ कम्पनीको सेयरमूल्य घटेको छ । घटेकामध्ये एसबीएल डिबेन्चरको सर्वाधिक १० प्रतिशतले घटेको छ।
यसदिन १९ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक १ अर्ब ३ करोड र अरुणभ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
साताको अन्तिम दिन कारोबार दिन सेयर बजारमा खुलेदेखि नै उच्च उतारचढाव देखिएको थियो । दिउँसो १२: ४६ बजे बजार बढेर परिसूचक नेप्से ३०१८ अंकसम्म पुगेको थियो । बढेको बजार ३ हजारमाथि टिक्न सकेन । अन्ततः बढेको बजार २९ सय ७४ दशमलब ४६ विन्दुमा ओर्लिएर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंकले बढेको छ ।
अघिल्लो दिन बुधबार १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन केही बढेर १९ अर्ब १६ करोडको भएको हो । यसदिन विकास बैंक समूहमा उल्लेख्य आकर्षण देखियो । सो समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।
७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
यसैगरी, ग्रीन डेभलपमेन्टको ८.१५, महालक्ष्मी विकास बैंकको ६.८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य ३.९, राष्ट्रिय बीमा कम्पनीको ३.७, सगरमाथा जलविद्युतको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, ज्योति विकास बैंक र अपीपावर क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।