logo

तीव्र उतारचढावबीच नेप्सेमा ३४.४७ अंकको करेक्सन

    710   पटक पढिएको


२ भदौ/अर्थ र व्यापार –  तीव्र उतारचढावबीच आइतबार सेयर बजार परिसूचक नेप्से ३४.४७ अंकले करेक्सन भएर २९ सय ६६ विन्दुमा ओर्लिएको छ । अघिल्लो कारोबारको ३ हजार विन्दुबाट नेप्से केही ओरालो लागेको हो ।
साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंकले करेक्सन भएर ३ हजार अंकमा रहेको बजार २९ सय ६६ विन्दुमा आइपुगेको हो ।

दिनभर तीव्र उतारचढाव देखिएको बजार बिहान ११: ५८ बजे ३ हजार ४८ अंकसम्म पुगेको थियो । सो बजार दिउँसो २: ४२ बजे २९ सय ४७ अंकसम्म झरेको थियो । यसरी बजार घट्दा पनि कारोबार रकम भने खासै घटेको छैन ।
आइतबार दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो । ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढे । विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटे ।
यसदिन बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स फाइनान्सको ६.९, उन्नति सहकार्यको ६.६, कर्णाली विकास बैंकको ५.२, नागरिक लगानी कोषको ४.७, बुटवल पावरको ४.६ प्रतिशत मूल्य बढ्यो ।
नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सगरमाथा जलविद्युत् कम्पनीको ८.५, न्यादी हाइड्रोको ८.४, शुभम पावरको ७.७, मातृभूमि लघुवित्तको ७.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, कुमारी बैंक, एचआईडीसीएल र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।