logo

सेयर बजारमा नयाँ रेकर्ड, झन्डै ३० अर्बको कारोबार

नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३ हजार.८१ को विन्दुमा

    486   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – अहिले नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार कुल २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो । यसअघि गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार नेप्से ३० महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३ हजार.८१ को विन्दुमा आइपुगेको छ । बिहीबार १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको सेयर मूल्य घटेको थियो भने एउटा कम्पनीको स्थिर रह्यो ।
यसदिन लगानीकर्ता बैंकिङ समूहमा झुम्मिँदा सो समूह ५.६५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सूचीकृत समूहमध्ये फाइनान्स ३.०५, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन समूह १.७३, लघुवित्त ०.१३ र अन्य समूह २.३० प्रतिशतका दरले घटेको छ भने त्यसबाहेक सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै बैंकिङ समूहका लगानीकर्ताले कमाउँदा फाइनान्स समूहका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारका हिमालयन रि, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमश अगाडी रहेका छन् । बिहिबार बुटवल पावर, राष्ट्रय बिमा कम्पनी र मोदी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।
यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झन्डै ३० अर्ब रुपैयाँ बराबरको कारोबार भएपछि लगानीकर्ताबीच निकै उत्साह छाएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसदिन नेप्से परिसूचक पनि तीन वर्ष अघि (१५ भदौ २०७८) कै उच्च विन्दुमा पुगेको छ । त्यतिबेला २ भदौमा नेप्से ३१ सय ९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार क्रमशः घट्दो अवस्थामा थियो ।
अहिले बजार फर्किएर पुनः तीनवर्ष पहिलेको अवस्थामा आइपुगेको हो । अझै सेयर बजार बढेर सजिलै ३२ सय भन्दामाथी पुग्ने अहिलेको माहोलबाट अनुमान गर्न सकिने सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन । सेयर बजारका विज्ञहरुले भने यसरी बजार उचालिएको बेला लगानीकर्ताहरु एकदमै सचेत भएर अघिबढ्नुपर्ने सुझाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।