logo

सेयर बजारमा नयाँ रेकर्ड, झन्डै ३० अर्बको कारोबार

नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३ हजार.८१ को विन्दुमा

    810   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – अहिले नेपाली सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार झण्डै ३० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बिहीबार कुल २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो हालसम्मकै उच्च कारोबार हो । यसअघि गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार नेप्से ३० महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३ हजार.८१ को विन्दुमा आइपुगेको छ । बिहीबार १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ कम्पनीको सेयर मूल्य घटेको थियो भने एउटा कम्पनीको स्थिर रह्यो ।
यसदिन लगानीकर्ता बैंकिङ समूहमा झुम्मिँदा सो समूह ५.६५ प्रतिशत बढेको नेप्सेले जनाएको छ । सूचीकृत समूहमध्ये फाइनान्स ३.०५, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन समूह १.७३, लघुवित्त ०.१३ र अन्य समूह २.३० प्रतिशतका दरले घटेको छ भने त्यसबाहेक सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै बैंकिङ समूहका लगानीकर्ताले कमाउँदा फाइनान्स समूहका लगानीकर्ताले ३.०५ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारका हिमालयन रि, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमश अगाडी रहेका छन् । बिहिबार बुटवल पावर, राष्ट्रय बिमा कम्पनी र मोदी इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको मूल्य १० प्रतिशतले घटेको छ ।
यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झन्डै ३० अर्ब रुपैयाँ बराबरको कारोबार भएपछि लगानीकर्ताबीच निकै उत्साह छाएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसदिन नेप्से परिसूचक पनि तीन वर्ष अघि (१५ भदौ २०७८) कै उच्च विन्दुमा पुगेको छ । त्यतिबेला २ भदौमा नेप्से ३१ सय ९८ अंकको उच्चतम रेकर्ड बनाएर बजार क्रमशः घट्दो अवस्थामा थियो ।
अहिले बजार फर्किएर पुनः तीनवर्ष पहिलेको अवस्थामा आइपुगेको हो । अझै सेयर बजार बढेर सजिलै ३२ सय भन्दामाथी पुग्ने अहिलेको माहोलबाट अनुमान गर्न सकिने सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन । सेयर बजारका विज्ञहरुले भने यसरी बजार उचालिएको बेला लगानीकर्ताहरु एकदमै सचेत भएर अघिबढ्नुपर्ने सुझाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।