logo

सेयर बजारमा सामान्य करेक्सन, नेप्से ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा

२१ अर्ब ५१ करोड ५० लाखको कारोबार

    512   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – लगातार उकालो लागेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन भएर नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा झरेको छ। यसअघि सोमबार सेयर कारोबार रकममा कीर्तिमानी रेकर्ड बनाएको बजार मंगलबार सामान्य अंकले घटेको हो।
सोमबार २७ अर्ब २४ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएर सेयर बजारले नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार कारोबारमा आएका फाइनान्स, बैंकिङ, लाइफ इन्स्योरेन्स, इन्भेष्टमेन्ट र ट्रेडिङ बाहेकका उपसमूहले बजार केही घटाएका हुन।
मंगलबार कुल २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल फाइनान्सको सर्वाधिक ८१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स ६८ करोड २१ लाख र शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
कारोबारमा आएका ३३२ मध्ये १५७ कम्पनीको सेयर मूल्य घटेको छ। नेपाल फाइनान्सको सर्वाधिक ९.९३ प्रतिशतले सेयर मूल्य घटेको छ । यसदिन ८० कम्पनीका लगानीकर्ताले कमाएका छन्। ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे ।
मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ९.७, शुभम् पावरको ९.६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७.७ प्रतिशत बढ्यो ।
नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशत घट्यो । सगरमाथा जलविद्युतको ७.१, आत्मनिर्भर लघुवित्तको ६.९, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।