logo

तिब्र उतारचढापकाबीच नेप्सेमा सामान्य अंकको वृद्धि, २० अर्बको कारोबार

    477   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – तिब्र उतारचढापकाबीच सेयर कारोबार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २७ सय ६६.३८ विन्दूमा सीमित भएको छ । यसदिन कुल ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रूपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीबार कुल ७९ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमुह ४५३.८९ अंकले बढ्यो । यसैगरी, जलविद्युत् २९.८७ र व्यापार १८.२३ अंकले बढ्यो ।
बिहीबार कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट उद्योग, मिड सोलु हाइड्रोपावर, सोना मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
यसदिन घट्ने उपसमुहमा होटल तथा पर्यटन अघि रह्यो । होटल तथा पर्यटन ९५.६१ अंकले घटेको थियो भने जिवन बिमा ४०.३०, विकास बैंक ३६.०७ अंकले घट्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले घट्यो ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक अघि रह्यो । शिवम् सिमेन्टको १ अर्ब २० करोड ९० लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोड ६२ लाख रुपैयाँको सयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।