logo

सेयर बजारमा पहिरो, नेप्से १४५ अंकले घट्यो

२३ अर्ब ७१ करोडको कारोबार

    829   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार – मंगलबार सेयर बजारमा करेक्सन भई भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सेयर बजार परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।
सो गिरावटपछि नेप्से २६५१ अंकमा आइपुगेको छ । मंगलबार विहान ११ बजे बजार खुलेको सुरुको केही समय बजार बढेर २८ सय विन्दु नागेको बजार निरन्तर ओरालो लागेर दिउँसो ३ बजे २६ सय ५१ मा आएपुगेको हो ।
सेयर बजार भारी अंकमा घटेकै दिन मंगलबार कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको कारोबारलाई नै उच्च रेकर्ड मानिएको थियो ।
यसदिन सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशतले घटेका छन ।
मंगलबार २३३ कम्पनीको मूल्य घट्दा ८ वटाको मात्रै बढ्यो भने एउटाको स्थिर रह्यो । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, ओरियन्टल होटल, श्री इन्भेस्टमेन्ट फाइनान्स, तारागाउँ रिजेन्सी र मोलुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
बेस्ट फाइनान्स, नेपाल वेयरहाउजिङ, रिलायन्स फाइनान्स र एचआईडीसीएलको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै घट्यो । सानिमा बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९ प्रतिशतभन्दा धेरै मूल्य घट्यो ।
सेयर बजारमा यतिधेरै करेक्सन आएपनि मंगलबार थ्रीस्टार हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोको मूल्य १० प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।