logo

सेयर बढेर नेप्से ४०.७६ अंकमा, २१ अर्ब ८६ करोडको सेयर कारोबार

    425   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार – सेयर बजार बढेर सोमबार झन्डै २८ सय अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा पुगेको छ । कुल २१ अर्ब ८६ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.६९ प्रतिशत बढ्यो । यसैगरी, अन्य ५.७३, हाइड्रोपावर ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, निर्जीवन बीमा १.२५ प्रतिशत बढेका थिए । बैंकिङ ०.५०, विकास बैंक ०.१५ र फाइनान्स ४.६१ प्रतिशत घटेका छन ।
उत्पादन ०.५१ तथा माइक्रोफाइनान्स सूचक ०.७५ प्रतिशत घटेका छन् । रुरु जलविद्युत्, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत्, कुथेली बुकरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला, भिजन लुम्बिनी ऊर्जा, मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रो नेपाल, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
रावा इनर्जीको ९.८ तथा हिमालयन रिइन्स्योरेन्सको ९.७ प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । हिमालयन लघुवित्तको ७.६, गुहेश्वरी मर्चेन्ट बैंकको ६.२, श्रीइन्भेस्टमेन्ट फाइनन्सको ६.२ तथा समृद्धि फाइनान्सको ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सानिामा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट र माउन्टेन इनर्जी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।