logo

लगातार दोस्रो दिन २२ अर्ब नजिकको कारोबार, नेप्सेमा ५.२९ अंकको करेक्सन

    700   पटक पढिएको


१७ साउन/अर्थ र व्यापार – पछिल्लो समय अकस्मात चम्किएको सेयर बजारमा लगातार दोस्रो दिन बिहीबार २२ अर्ब रुपैयाँ नजिकको सेयर कारोबार भएको छ । बिहिबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
बुधबार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार सहित नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको थियो। बिहीबार नेप्से परिसूचक भने ५.२९ अंकले घटेर २७ सय ५५.६२ विन्दु कायम भएको छ । फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्।
यसदिन कारोबारमा आएका ३३२ वटा कम्पनीहरुमध्ये १६४ कम्पनीको सेयर मूल्य घटेको छ। ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ । पिलुल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.१३ प्रतिशतले गुमाएका छन्।
हिमालयन रि–इन्स्योरेन्सको सबैभन्दा धेरै ५९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसदिन ७४ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल, कुथेली बुखरी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।