logo

करेक्सनको भोलिपल्टै ३२ अंकले बढ्यो नेप्से, सेयर कारोबार रकम भने खुम्चियो

    534   पटक पढिएको


१० साउन/अर्थ र व्यापार – अघिल्लो सातादेखि लगातार बढेर बुधबार करेक्सन भएको सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेर बन्द भयो । साताको अन्तिम कारोबार दिन नेप्से ३२ अंकले बढेर २५ सय ६८ दशमलब ११ विन्दुमा उक्लिएको छ ।
सेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार १६ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । बिहीबार १४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ।
बिहीबार १ सय ४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ को घटेको छ । यसदिन ३ वटा कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो। ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर र गणपति लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मितेरी विकास बैंक, माण्डू हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।
कारोबारका हिसाबले सानिमा जीआइसी इन्स्योरेन्स सबैभन्दा अघि रह्यो। बिहीबार विकास बैंक, जलविद्युत, लगानी कम्पनीका सेयरधनीले गुमाउँदा अरुले भने कमाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।