logo

सेयर बजारमा उत्साह, नेप्से ७५.३३ अंकले बढ्यो

१४ अर्बमाथिको कारोबार

    868   पटक पढिएको



८ साउन/अर्थ र व्यापार – पछिल्लो केही दिनदेखि लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन । अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार नेप्से ७५.३३ अंकले बढ्दै २५ सय ६३ दशमलब ४३ विन्दुमा उक्लिएको छ ।
सेयर बजारमा देखिएको उत्साह यो २९ महिना यताकै उच्च विन्दु हो । यसअघि १६ चैत २०७८मा नेप्से सूचक २५ सयको विन्दुमा थियो ।
मंगलबार सेयर कारोबारमा समेत उच्च भएर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो । यसदिन सबैभन्दा बढी शिभम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार बोटलर्स नेपाल, संवृद्धि फाइनान्स कम्पनी, माण्डू हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेरहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशतमाथिले बढेको छ ।
१३ वटा उपसूचकमध्ये मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ५.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको ४.४५ प्रतिशतले र निर्जीवन बीमा समूहको उपसूचक ४.३७ प्रतिशतले बढेको छ । अरू बाँकी १० वटा उपसूचक १ प्रतिशतमाथिले बढेका छन् ।
समग्रमा मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड नागेको थियो । यसदिन २ सय २० वटा कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।
बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५ सय ९१ विन्दुमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।