logo

सेयर बजारमा उत्साह, नेप्से ७५.३३ अंकले बढ्यो

१४ अर्बमाथिको कारोबार

    585   पटक पढिएको



८ साउन/अर्थ र व्यापार – पछिल्लो केही दिनदेखि लगातारको सेयर बजारको वृद्धि मंगलबार पनि रोकिएन । अघिल्लो दिन सामान्य २ अंकले नेप्से बढेकोमा मंगलबार नेप्से ७५.३३ अंकले बढ्दै २५ सय ६३ दशमलब ४३ विन्दुमा उक्लिएको छ ।
सेयर बजारमा देखिएको उत्साह यो २९ महिना यताकै उच्च विन्दु हो । यसअघि १६ चैत २०७८मा नेप्से सूचक २५ सयको विन्दुमा थियो ।
मंगलबार सेयर कारोबारमा समेत उच्च भएर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो । यसदिन सबैभन्दा बढी शिभम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको २४ करोड २६ लाख १२ हजार रुपैयाँ बराबरको र हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार बोटलर्स नेपाल, संवृद्धि फाइनान्स कम्पनी, माण्डू हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेरहाउस कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ भने दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशतमाथिले बढेको छ ।
१३ वटा उपसूचकमध्ये मंगलबार सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ५.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको ४.४५ प्रतिशतले र निर्जीवन बीमा समूहको उपसूचक ४.३७ प्रतिशतले बढेको छ । अरू बाँकी १० वटा उपसूचक १ प्रतिशतमाथिले बढेका छन् ।
समग्रमा मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड नागेको थियो । यसदिन २ सय २० वटा कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।
बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५ सय ९१ विन्दुमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।