logo

तीव्र उतारचढावकाबीच तीनपटक २५०० नाघेको सेयर बजार अन्तिममा २४८८ मा रोकियो

    452   पटक पढिएको


७ साउन/अर्थ र व्यापार – सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बजार बन्द हुँदा भने २४ सय ८८ अंकमा रह्यो ।
कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५ सय ४ अंकमा पुगेको थियो । तर, टिक्न सकेन । बिहान ११: १४ मा २४ सय ६४ अंकमा झरेको बजार ११: २४ बजे नै २५ सय १ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । त्यसपछि सवा १२ बजेतिर २४ सय ४२ अंकमा झ¥यो । दिउँसो २: २७ बजे २५ सय १ अंकमा पुगे पनि टिक्न सकेन ।
अन्ततः दिउँसो ३ बजे बजार २४ सय ८८ अंकमा आएर बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा नेप्से २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो ।
कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार सोमबार १३ अर्ब ९१ करोडमा खुम्चियो । यसदिन १ सय १५ कम्पनीको मूल्य बढ्दा १ सय २१ वटाको घटेको थियो भने ६ वटाको स्थिर रह्यो ।
सोमबार बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंकले घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।
प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको ८.६ प्रतिशत, छ्याङदी हाइड्रोपावरको ७.९ तथा बलेफी हाइड्रोको ६.८ प्रतिशत बढ्यो । गणपति लघुवित्तको ९.९, सिक्लेस हाइड्रोपावरको ८.६, जनउत्थान सामुदायिक लघुवित्तको ३.९ प्रतिशत मूल्य घट्यो ।
हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, कुमारी बैंक, सीईडीबी हाइड्रोपावर र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।