logo

सेयर बजार उचालिएर १२ अर्ब नाघ्यो कारोबार, ३५ महिनाकै उच्च

    523   पटक पढिएको


२ साउन/अर्थ र व्यापार – बुधबार पनि सेयर बजार राम्रै उचालिएर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम विगत ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसरी बजार उचालिएसँगै बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३ सय ६४ मा कायम भएको छ । यो नेप्से परिसूचक पनि २८ वैशाख २०७९ यताकै उच्च हो ।

बुधबार २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटाको घट्यो भने ६ वटाको स्थिर रह्यो । यसदिन सबै क्षेत्रका सूचकहरु बढेका छन् ।
बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे ।

सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आँखुखोला जलविद्युत् तथा मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावरको ९.८, आरम्भ चौतारी लघुवित्तको ९.७, मल्टिपर्पस फाइनान्सको ८.९, साल्ट ट्रेडिङको ८.१ तथा आईसीएफसी फाइनान्सको ८.१ प्रतिशत मूल्य बढ्यो ।

यस दिन पनि मूल्य घट्नेमा अधिकांश ऋणपत्र अगाडि रहे । कारोबार रकमका आधारमा सिंगटी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।