logo

सेयर बजार १७.१८ अंकले घट्यो, कारोबार रकम बढेर ८ अर्ब ७३ करोड

    745   पटक पढिएको


३१ असार/अर्थ र व्यापार – आइतबार उच्च अंकले बढेको सेयर बजार साताको दोस्रो दिन सोमबार ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२ सय ४०.४१ को विन्दुमा पुगेको छ ।
यसदिन कारोबार रकम भने बढेर झन्डै ९ अर्ब रुपैयाँ पुगेको छ । कारोबारमा आएका हाइड्रोपावर,इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेकका ९ उपसमूहले बजार घटाएका हुन् । ३ सय २२ वटा कम्पनी मध्ये १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सेलिङ प्रेसरका कारण नेप्से परिसूचक घटेको हो ।
आइतबार ५२.९७ अंकले बजार बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो। पछिल्लो दुई साता लगातार बढेको मूल्यमा लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार परिसूचक घट्न पुगेको हो ।
सोमबार ८ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिन आइतबार नेप्से ५२.९७ अंकले बढेर २२ सय ५७.५९ को विन्दुमा रहँदा जम्मा ७ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। सोमबार कारोबार रकम झन धेरै बढेको हो ।
सोमबार अपर तामाकोसी हाइड्रोपावरको सर्वाधिक ३७ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । निफ्राको २१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत बढीले गुमाएका हुन।
एक कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । सिभिल डिबेन्चरको सेयर मूल्य १० प्रतिशत र माण्डू हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।