logo

सेयर बजार बढेर २ वर्ष दुई महिनाकै उच्चतम अंकमा, ७ अर्ब ६२ करोडको कारोबार

    856   पटक पढिएको


३० असार/अर्थ र व्यापार – आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । आइतबारको बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो ।
बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन नेप्से परिसूचक २२७५ अंकमा थियो आइतबार कारोबार भइरहँदा (इन्ट्राडे)मा भने नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च अंकमा पुगेको थियो ।
सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुगे पनि सर्किट ब्रेक लाग्न पाएन । आइतबार कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब ६२ करोड पुग्यो । २०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ । भने ५ को स्थिर रहेको छ । यस दिन पनि बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ । सो समूह सबैभन्दा धेरै ३.७४ प्रतिशत बढ्यो ।
विकास बैंक १.२०, फाइनान्स १.३३, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर ३.३०, लगानी १.३०, जीवन बीमा २.०५, उत्पादन २.६६, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२६, अन्य १.९९ तथा व्यापार समूह २.२१ प्रतिशत बढे ।
रिडी पावर, माण्डु हाइड्रोपावर, जानाकी फाइनान्स तथा हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । अरुणभ्याली हाइड्रोपावरको ९.३, नेसनल हाइड्रोपावरको ८.८ प्रतिशत मूल्य बढ्यो ।
बलेफी हाइड्रोपावरको ५.१ तथा सप्तकोशी विकास बैंकको २.६ प्रतिशत मूल्य घट्यो । कारोबार रमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्लोबल आईएमई बैंक संस्थापक, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।