logo

नयाँ राजनीतिक समिकरणपछि सेयर बजारमा उत्साह, नेप्से ४७ अंकले बढ्यो

    797   पटक पढिएको


१८ असार/अर्थ र व्यापार – सत्ता साझेदार दलहरुबीच देखिएको अविश्वासका कारण नेकपा एमाले–कांग्रेसले सत्ता सहकार्य गर्ने समझदारी बनेसँगै साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ ।
दुई ठूला दल नेकपा एमाले र कांग्रसबीच सोमबार राति नयाँ सरकार गठन गर्ने नयाँ राजनीतिक समिकरणमा सहमति भएसँगै सेयर बजारको नेप्सेमा यतिधेरै अंक बृद्धि भएको हो ।
नयाँ राजनीतिक समिकरणपछिको प्रारम्भिक सहमति अनुसार एमालेले अर्थसहित ९ वटा र नेपाली कांग्रेसले गृह मन्त्रालय सहित १० वटा मन्त्रालय लिने सहमति छ ।
सोमबारको एकाएक विकसित राजनीतिक घटनाक्रमले प्रभावित भएको मंगलबारको शेयर बजार १ मिनेट २३ सेकेण्डमा सर्किट लाग्दै ४ प्रतिशत बढेर २० मिनेटकालागि बन्द भयो । त्यसपछि खुलेको बजार १६ सेकेण्डमै सर्किट लागेर थप १ प्रतिशत बढेर पुनः ४० मिनेटका लागि सेयर कारोबार बन्द भयो।
सोलगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले तत्काल राजीनामा नदिने समाचार बाहिरिएसँगै नेप्सेमा तेस्रो सर्किट लाग्न सकेन । मंगलबार बिहानै दुई पटक सर्किट लागेर बन्द भएको बजार सूचक नेप्से वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत परीक्षण गर्ने समाचार बाहिरिएसँगै पुनः करेक्शन आएको थियो ।
१०२ अंकसम्म बढेको बजार सूचक २ मिनेमै ७६ अंकसम्म घटेर २०८५ बिन्दुसम्म झरेको थियो । त्यपछि पुनः बजारले लय समातेसँगै ४७.०४ अंकको वृद्धिभएर २१०० दशमलव ४३ बिन्दुमा पुगेको छ ।
मंगलबार शेयर कारोबारमा आएका १३ वटै उपसमूहगत परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशत बढेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी बढेको छ । निर्जीवन बीमा २.४३ प्रतिशत, लगानी २.३१, जीवन बीमा २.१७, वित्त २.११ प्रतिशत र विकास बैंक २.०१, ले बढेको छ ।
यस दिन होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा धेरै बढेको छ । कारोबारमा आएका ३ सय १५ कम्पनीमध्ये २ सय ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको मात्रै घटेको छ । ७ वटा धितोपत्रको मूल्य स्थिर रह्यो । यसैगरी, सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढ्दा फ्लोट इन्डेक्स ३.३५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१८ अंकले बढेको छ । मंगलबार ३१५ कम्पनीका ६० हजार ७२० पटकको कारोबारमा ११ करोड ६४ लाख ५ हजार ९०५ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसमा कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ रहेको छ ।
मंगलबार दिनभर कुल ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भयो । अघिल्लो दिन २ अर्ब ९९ करोडको कारोबार भएको थियो । यसदिन बैंकिङ ३.०३, उत्पादन ३.३ तथा व्यापार समूह ३.१२ प्रतिशत बढे । विकास बैंक २.०१, फाइनान्स २.११, होटल तथा पर्यटन १.०९, हाइड्रोपावर १.८, लगानी २.३, जीवन बीमा २.१७, माइक्रोफाइनान्स १.४५, निर्जीवन बीमा २.४३ र अन्य समूह सूचक १.७३ प्रतिशत बढे । हिमालयन डिस्टिलरीको मूल्य सबैभन्दा धेरै ८.५ प्रतिशत बढ्यो । समाज लघुवित्तको ६.९, गुडविल फाइनान्सको ५.७, नेसनल हाइड्रोपावरको ५.५ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको ६.४, हिमालय ऊर्जा विकास कम्पनीको ६.२, विन्ध्यबासिनी हाइड्रोपावरको २.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।