logo

नयाँ राजनीतिक समिकरणपछि सेयर बजारमा उत्साह, नेप्से ४७ अंकले बढ्यो

    462   पटक पढिएको


१८ असार/अर्थ र व्यापार – सत्ता साझेदार दलहरुबीच देखिएको अविश्वासका कारण नेकपा एमाले–कांग्रेसले सत्ता सहकार्य गर्ने समझदारी बनेसँगै साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ ।
दुई ठूला दल नेकपा एमाले र कांग्रसबीच सोमबार राति नयाँ सरकार गठन गर्ने नयाँ राजनीतिक समिकरणमा सहमति भएसँगै सेयर बजारको नेप्सेमा यतिधेरै अंक बृद्धि भएको हो ।
नयाँ राजनीतिक समिकरणपछिको प्रारम्भिक सहमति अनुसार एमालेले अर्थसहित ९ वटा र नेपाली कांग्रेसले गृह मन्त्रालय सहित १० वटा मन्त्रालय लिने सहमति छ ।
सोमबारको एकाएक विकसित राजनीतिक घटनाक्रमले प्रभावित भएको मंगलबारको शेयर बजार १ मिनेट २३ सेकेण्डमा सर्किट लाग्दै ४ प्रतिशत बढेर २० मिनेटकालागि बन्द भयो । त्यसपछि खुलेको बजार १६ सेकेण्डमै सर्किट लागेर थप १ प्रतिशत बढेर पुनः ४० मिनेटका लागि सेयर कारोबार बन्द भयो।
सोलगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले तत्काल राजीनामा नदिने समाचार बाहिरिएसँगै नेप्सेमा तेस्रो सर्किट लाग्न सकेन । मंगलबार बिहानै दुई पटक सर्किट लागेर बन्द भएको बजार सूचक नेप्से वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत परीक्षण गर्ने समाचार बाहिरिएसँगै पुनः करेक्शन आएको थियो ।
१०२ अंकसम्म बढेको बजार सूचक २ मिनेमै ७६ अंकसम्म घटेर २०८५ बिन्दुसम्म झरेको थियो । त्यपछि पुनः बजारले लय समातेसँगै ४७.०४ अंकको वृद्धिभएर २१०० दशमलव ४३ बिन्दुमा पुगेको छ ।
मंगलबार शेयर कारोबारमा आएका १३ वटै उपसमूहगत परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशत बढेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी बढेको छ । निर्जीवन बीमा २.४३ प्रतिशत, लगानी २.३१, जीवन बीमा २.१७, वित्त २.११ प्रतिशत र विकास बैंक २.०१, ले बढेको छ ।
यस दिन होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशत भन्दा धेरै बढेको छ । कारोबारमा आएका ३ सय १५ कम्पनीमध्ये २ सय ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको मात्रै घटेको छ । ७ वटा धितोपत्रको मूल्य स्थिर रह्यो । यसैगरी, सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढ्दा फ्लोट इन्डेक्स ३.३५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१८ अंकले बढेको छ । मंगलबार ३१५ कम्पनीका ६० हजार ७२० पटकको कारोबारमा ११ करोड ६४ लाख ५ हजार ९०५ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसमा कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ रहेको छ ।
मंगलबार दिनभर कुल ४ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भयो । अघिल्लो दिन २ अर्ब ९९ करोडको कारोबार भएको थियो । यसदिन बैंकिङ ३.०३, उत्पादन ३.३ तथा व्यापार समूह ३.१२ प्रतिशत बढे । विकास बैंक २.०१, फाइनान्स २.११, होटल तथा पर्यटन १.०९, हाइड्रोपावर १.८, लगानी २.३, जीवन बीमा २.१७, माइक्रोफाइनान्स १.४५, निर्जीवन बीमा २.४३ र अन्य समूह सूचक १.७३ प्रतिशत बढे । हिमालयन डिस्टिलरीको मूल्य सबैभन्दा धेरै ८.५ प्रतिशत बढ्यो । समाज लघुवित्तको ६.९, गुडविल फाइनान्सको ५.७, नेसनल हाइड्रोपावरको ५.५ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको ६.४, हिमालय ऊर्जा विकास कम्पनीको ६.२, विन्ध्यबासिनी हाइड्रोपावरको २.१ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।