logo

२.२७ अंकले बढ्यो नेप्से

    547   पटक पढिएको


५ असार/अर्थ र व्यापार – लगातार तीन दिन गिरावटपछि बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर कारोबारमा देखिएको सामान्य सुधारसँगै नेप्से परिसूचक बुधबार २.२७ अंकले बढेको छ ।
तीन दिनमा ४५ अंकले ओरालो लागेको नेप्से बुधबार अन्तिम कारोबार समयमा उचालेर २०७८.७६ विन्दु पु¥याइएको हो । झिनो सुधार भएको बजारमा नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यो कम्पनीको सेयर भाउ मात्र अकासिएको होइन, सर्वाधिक रकमको कारोबार हुने सूचीमा पनि नेपाल फाइनान्स नै छ । बजारमा बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँको कारोबार हुँदा नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल फाइनान्सपछि धेरै कारोबार हुने कम्पनी गुर्खाज फाइनान्स हो । यसको ९ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा १सय ३५ कम्पनीको सेयर मूल्य बढंदा १०४ कम्पनीको सेयर सस्तिएको छ ।
मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ओरालो लागेको छ। यो कम्पनीको सेयर ९.८८ प्रतिशतले सस्तो भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।