logo

नेप्से ९.३२ अंकले घट्यो , कारोबार साढे ६ अर्ब नजिक

    610   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक (०.४३ प्रतिशत) ले गिरावट भएर २१ सय १२.२९ को बिन्दुमा बन्द भएको थियो ।

बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बढेको छ । साताभर नयाँ सूचीकृत भएर लकइन नखुलेको हाइड्रोपावर र अन्य कम्पनी तथा सेयर सप्लाई न्यून भएको कम्पनीमा कनरिङ गर्दै मूल्य बढाएका लगानीकर्ताले नाफा बुक गर्दा बिहीबार कारोबार रकम बढेर करिब साढे ६ अर्ब पुगेको हो ।
बजारमा कुल ७७ हजार ४०० वटा कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजारको कारोबार भएको छ । जसमध्ये नेपाल फाइनान्सको सर्वाधिक २८ करोड ४७ लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड कम्पनीको २० करोड ५८ लाख, समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२ करोड ९१ लाखको कारोबार भएको छ ।

वित्तीय अवस्था बिग्रिँदै गएको वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण उच्च देखिन्छ । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.०३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.३१ प्रतिशतले बढेको छ । त्यसबाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक समान १.०३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.४३ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ९३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये समृद्धि फाइनान्स र कुथेली बखारी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.८२ प्रतिशत र बाराही हाइड्रोपावरको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । मिड सालु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा भगवती हाइड्रोपावरको सेयरमूल्य ८.२७ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ७.७८ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।