logo

हाइड्रोसँगै बैंकिङले साथ दिएकाले ३३ अंक बढ्यो नेप्से

    591   पटक पढिएको


२९ जेठ/अर्थ र व्यापार– सेयरबजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ अंकले वृद्धि भएर २१ सय १५.२४ को बिन्दुमा पुगेको छ ।
मंगलबार हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा नेप्सेमा १ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको हो । पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो ।
जसले सेयरबजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो । यसले गर्दा मंगलबार नेप्से २१ सयको बिन्दु नागेर बन्द भएको हो । मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ ।
सोमबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । ७४ हजार ८ सय ७७ वटा कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ५५ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको २३ करोड १८ लाखको कारोबार हुँदा ग्लोबल आईएमई लघुवित्तको १० करोड ८३ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आउँदा २०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको स्थिर छ ।

नेप्सेमा मंगलबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर,कुथेली बुखारी साना जलविद्युत् कम्पनी र भगवती हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको थियो ।
यसतै अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो । यता सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले गिरावट हुँदा कुमारी इक्विटी फन्डको इकाइ मूल्य ४.९४ प्रतिशत र एनआईसी एसिया फ्लेक्स क्याप फन्डकोझ इकाइ मूल्य ३.३१ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।