logo

हाइड्रोसँगै बैंकिङले साथ दिएकाले ३३ अंक बढ्यो नेप्से

    958   पटक पढिएको


२९ जेठ/अर्थ र व्यापार– सेयरबजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३३.१५ अंकले वृद्धि भएर २१ सय १५.२४ को बिन्दुमा पुगेको छ ।
मंगलबार हाइड्रोपावर उपसूचकसँगै बैंकिङ उपसूचकले पनि साथ दिँदा नेप्सेमा १ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको हो । पछिल्लो केही समय सप्लाई आउँदा पनि उक्त सप्लाईलाई खरिद गर्दा कारोबार रकम उच्च भएको थियो ।
जसले सेयरबजार बढ्नका लागि आधार समेत बन्दै गएको थियो । यसले गर्दा मंगलबार नेप्से २१ सयको बिन्दु नागेर बन्द भएको हो । मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ ।
सोमबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । ७४ हजार ८ सय ७७ वटा कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ५५ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको २३ करोड १८ लाखको कारोबार हुँदा ग्लोबल आईएमई लघुवित्तको १० करोड ८३ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आउँदा २०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको स्थिर छ ।

नेप्सेमा मंगलबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर,कुथेली बुखारी साना जलविद्युत् कम्पनी र भगवती हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको थियो ।
यसतै अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो । यता सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले गिरावट हुँदा कुमारी इक्विटी फन्डको इकाइ मूल्य ४.९४ प्रतिशत र एनआईसी एसिया फ्लेक्स क्याप फन्डकोझ इकाइ मूल्य ३.३१ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।