logo

महासंघ अन्तरगत पूँजी तथा वित्त बजार संघ गठन, संयोजकमा ढकाल

    815   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार- नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ अन्तरगत सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । महासंघले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठन भएको छ। यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आधिकारिक संघ हो ।

त्यसैगरी संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई र सचिवमा डिल्लीराम पंगेनी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा संजिव ढकाल, वीरबहादुर तामाङ, तेजप्रसाद अर्याल, बुद्धिराज ढकाल, राजेश कार्की, दिपक अधिकारी, संगीता तिमल्सिना, सुरज खड्का र प्रकाश भुसाल चयन भएका छन् । त्यस्तै संघको सल्लाहकारमा राजकुमार तिमिल्सिना, तिलक कोइराला, राधा पोखरेल र धर्मराज सापकोटा चयन भएका छन् ।

कार्यक्रममा महासंघका संयोजक भागिरथ सापकोटाले अवका दिनमा नव गठित संघले ६३ लाख लगानीकर्ताको हितमा काम गर्नुपर्ने बताए । साथै यो संघ पार्टीको आधिकारिक संस्था भएकाले पुंजी र वित्त वजार मैत्री नीति–नियम बनाउन पार्टीको हरेक तह र तप्कामा पुगेर पहल गरिने जानकारी दिए । संघको गठनसँगै अवका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा सशक्त रुपमा आवाज उठाउने संयोजक सागर ढकालले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।