logo

२८.६२ अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स र हाइड्रोपावरमा आकर्षण

    556   पटक पढिएको

 

१ जेठ/अर्थ र व्यापार – मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् । नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ । केही समयदेखि निरन्तर १९ सय बिन्दुमा रहँदै आएको नेप्से परिसूचक अहिले २ हजार बिन्दु भन्दामाथी पुगेको हो ।
मंगलबार सेयर बजार बढेपनि २२ कम्पनीको मूल्य घटेको छ भने २१९ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको स्थिर रहेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको हो । सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।
मंगलबार सबै क्षेत्रका सूचकहरु बढेका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ । आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।